• होमपेज
  • समाचार
  • ज्योति विकास बैंकको नयाँ शाखा गल्छीमा

ज्योति विकास बैंकको नयाँ शाखा गल्छीमा

  • सोमवार, असार ११, २०७५
ज्योति विकास बैंकको नयाँ शाखा गल्छीमा

ज्योति विकास बैंक लि. ले धादिङ्गको गल्छी गाउँपालिकामा नयाँ शाखा संचालनमा ल्याएको छ । गल्छी गाउँपालिका वडा नं ७ गल्छी बजारमा रहेको उक्त शाखा औपचारिक रुपमा प्रमुख अथिति गल्छी गाउँपालिकाका अध्यक्ष कृष्ण हरि श्रेष्ठ तथा बैंकका अध्यक्ष हरि चन्द्र खड्काद्वारा एक कार्यक्रमका बिच संयुक्त रुपमा उद्घाटन गरेका छन् ।

सो अवसरमा गल्छी गाउँपालिकाका अध्यक्ष कृष्ण हरि श्रेष्ठले गल्छीमा शाखा खोलेकोमा खुशी व्यक्त गर्दै बैंकको प्रगतिको कामना गरे ।

साथै बैंकका अध्यक्ष हरि चन्द्र खड्काले ज्योति विकास बैंकले आधुनिक बैकिङ्ग सेवा देशैभरी विस्तार गर्ने क्रममा रहेको र व्यवसायिक दृष्टिकोणले भविष्य बोकको गल्छीमा शाखा ल्याएको बताए भने बैंकका प्रमुख कार्यकारी अधिकृत मनोज ज्ञवालीले साना लघु कर्जा देखि ठुला औधोगिक कर्जा प्रवाह गरिने बताउँदै ज्योति विकास बैंकको सेवा लिनहुन सम्पुर्णमा अनुरोध गरे ।

हाल बैंकले ५७ वटा शाखा कार्यालय तथा १८ वटा ब्त्ः मार्पmत सेवा उपलव्ध गराउँदै आईरहेकोछ भने यसै आर्थिक वर्ष भित्र थप ३ वटा नयाँ शाखा तथा थप ४ स्थानमा ATM संचालनमा ल्याउने प्रक्रियामा रहेको छ ।

बैंकले १ लाख ५० हजारभन्दा बढि खाताबाट रु. १६ अर्व २ करोड निक्षेप संकलन गरी १० हजारभन्दा बढि ऋणी मार्फत रु. १४ अर्व ६० करोड ऋण लगानी गर्न सफल भएको छ । बैंकको हालको चुक्तापूँजी रु.२ अर्व ५९ करोड कायम रहेको छ ।

Facebook Comments

सम्बन्धित समाचार

निको बाल अस्पताल भरतपुरमा कुमारी बैंकका ग्राहकलाई १५ प्रतिशत छुट
निको बाल अस्पताल भरतपुरमा कुमारी बैंकका ग्राहकलाई १५ प्रतिशत छुट
नबिल बैंकले ३ अर्बको ऋणपत्र निष्काशन गर्ने, बिक्री प्रबन्धकमा नेपाल एसविआई मर्चेण्ट नियुक्त
नबिल बैंकले ३ अर्बको ऋणपत्र निष्काशन गर्ने, बिक्री प्रबन्धकमा नेपाल एसविआई मर्चेण्ट नियुक्त
गरिमा विकास बैंक लिमिटेड र टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट बीच सम्झौता
गरिमा विकास बैंक लिमिटेड र टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट बीच सम्झौता
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)