• होमपेज
  • समाचार
  • चितवनको भण्डारा शाखाबाट जनता बैंकको कारोबार सुरु

चितवनको भण्डारा शाखाबाट जनता बैंकको कारोबार सुरु

  • शुक्रबार, जेष्ठ १८, २०७५
चितवनको भण्डारा शाखाबाट जनता बैंकको कारोबार सुरु

जनता बैंक नेपाल लिमिटेडले थप एक नयाँ शाखाबाट कारोबार सुरु गरेको छ । चितवन जिल्लाको राप्त ीनगरपालिका वडा नं. ५ स्थित भण्डारा शाखाबाट कारोबार सुरु गरिएको हो ।

पूर्व पश्चिम राजमार्गमा रहेका स्थानीय उद्यमी, व्यापारी तथा राप्ती नगरपालिकाका जनताहरुले यस शाखाबाट अन्य शाखाहरुमा झैँ आधुनिक बैंकिङ्ग सुविधा तथा रेमिट्यान्सको सुविधा लिन सक्नेछन् । बैंकले पूर्व पश्चिम राजमार्ग भएर ओहोर दोहोर गर्ने ग्राहकहरुले यस शाखामार्फत थप सुविधा लिन सक्नेछन् भन्ने अपेक्षा लिएको छ ।

यससँगै चितवन जिल्लामा मात्रै जनता बैंकको ८ वटा शाखा पुगेका छन् भने देश भरीमा गरि शाखा सञ्जाल ११६ पुगेको छ । यससँगै बैंकले ४० शाखारहित बैंकिङ्ग, २ सिमित बैंकिङ्ग ईकाइ, २ एक्सटेन्सन काउन्टर र ६९ एटिएमबाट सेवा प्रदान गरिरहेको  छ ।

Facebook Comments

सम्बन्धित समाचार