• होमपेज
  • समाचार
  • ग्लोबल आईएमई बैंक र लाइफ इन्स्योरेन्स कर्पोरेसन नेपालबीच सम्झौता

ग्लोबल आईएमई बैंक र लाइफ इन्स्योरेन्स कर्पोरेसन नेपालबीच सम्झौता

  • मङ्लबार, बैशाख २५, २०७५
ग्लोबल आईएमई बैंक र लाइफ इन्स्योरेन्स कर्पोरेसन नेपालबीच सम्झौता

ग्लोबल आईएमई बैंक लिमिटेड र लाइफ इन्स्योरेन्स कर्पोरेसन नेपाल बीच बैंकास्योरेन्स सम्झौता भएको छ ।

मंगलबार बैंकास्योरेन्स सम्झौता सम्बन्धि सम्झौता पत्रमा हस्ताक्षर भएको हो । सम्झौता पत्रमा हस्ताक्षर पछि बैंकका सम्पूर्ण शाखाहरु मार्फत एलआईसीको जीवन बीमा बीमालेखहरु खरिद गर्नुका साथै जीवन बीमा सम्बन्धी सम्पूर्ण सेवाहरु प्राप्त गर्न सकिनेछ ।

उक्त सम्झौतापत्रमा ग्लोबल आईएमई बैंकका प्रमुख कार्यकारी अधिकृत जनक शर्मा पौड्याल र लाइफ इन्स्योरेन्स कर्पोरेसन नेपालका प्रमुख कार्यकारी अधिकृत अभिजित घोष दस्तिदारले हस्ताक्षर गरे ।

ग्लोबल आइएमई बैंकले सबै क्षेत्र र वर्गसम्म बैंकिङ्ग सेवाको पहुँच पु¥याउने उद्देश्यले बिभिन्न स्थानमा शाखा, एक्सटेन्सन काउण्टर तथा शाखारहित बैंकिङ्ग सेवा माफर्त आफ्ना ग्राहकहरु माझ सेवा प्रदान गर्दे आइरहेको छ । बैंकको १२२ वटा शाखाहरु, १४ वटा राजश्व संकलन काउण्टर, १२८ एटिएम, ४ वटा एक्सटेन्सन काउण्टर तथा ७९ शाखा रहित बैंकिङ्ग सेवा रहेका छन् ।

त्यस्तै बैंकले अत्याधुनिक प्रविधियुुक्त भाईवर बैंकिङ्ग सेवा, मोबाइल बैंकिंङ्ग सेवा, इन्टरनेट बैंकिंङ्ग सेवाको साथमा अष्टे«लिया, बेलायत र भारतमा प्रतिनिधि सम्र्पक कार्यालय स्थापना गरेर ति देशमा रहेका नेपालीहरु मझ सेवा प्रदान गर्दै आईरहेको छ । त्यसैगरि बैंकले मलेसिया, दक्षिण कोरिया, कतार, युएई, बहराइन लगायतका मुलुकबाट रेमिट्यान्स सेवा समेत प्रदान गर्दै आइरहेको छ ।

Facebook Comments

सम्बन्धित समाचार