• होमपेज
  • अटो
  • बजाज आरइ महा टेष्ट ड्राइभ मेला

बजाज आरइ महा टेष्ट ड्राइभ मेला

  • मङ्लबार, बैशाख २५, २०७५
बजाज आरइ महा टेष्ट ड्राइभ मेला

हंसराज हुलासचन्द एण्ड कम्पनी प्रालिले बजाज आरइको बारेमा जानकारी दिने र सवारीधनीहरुलाई टेष्ट ड्राइभ र मनोरञ्जन दिने उद्देश्यका साथ गत शनिबार झापाको बिर्तामोडमा बजाज आरई महा टेष्ट ड्राइभ मेला भव्य रुपमा सम्पन्न गरेको जनाएको छ ।

कलाकारहरुले वैशाख १९,२० र २१ गते बजाज आरइको विषयमा जानकारी दिने उद्देश्यले सडक नाटकहरु समेत प्रस्तुत गरेको कम्पनीले बताएको छ ।

उक्त नाटकमा बजाज आरइको बारेमा, बजाज आरइको उद्देश्यको बारेमा र बजाज आरई महा टेष्ट ड्राइभ मेलाका बारेमा स्थानीयलाई जानकारी गराइएको थियो ।

विश्वको प्रमुख थ्रि ह्वीलर आरइले नेपालीहरुलाई स्वदेशमा नै रोजगार प्रदान गर्ने उद्धेश्यका साथ नेपालमा बजाज आरइ बिक्री गर्दै आएको छ । वैदेशिक रोजगारमा गएर फर्किएका तथा वैदेशिक रोजगारमा जान लागेका नेपालीहरुलाई देश भित्रै रोजगारीको अवसर सिर्जना गरि आर्थिक रुपमा सम्पन्न बनाउन बजाज आरइ महा टेष्ट ड्राइभ मेला आयोजना गरेको कम्पनीले जनाएको छ ।

बजाज आरइमा गरिएको लगानीले पहिलो दिन देखि नै आम्दानी गर्न सकिने हुँदा यसको मूख्य नारा नै ‘एउटा यस्तो लगानी जसले गर्दछ शुरुको दिन देखि नै आम्दानी’ भन्ने रहेको छ ।

यसले ग्राहकको चाहनालाई सार्थक पर्दछ । कम्पनीले मनोरञ्जनका साथमा बजाजका थ्रि ह्वीलरको टेस्ट ड्राइभ गर्न सकिने गरि यहि शनिबार मेला आयोजना गरेको थियो ।

स्थानीय डिलरहरु पनि यो कार्यक्रममा समावेश रहेका थिए । महा टेष्ट ड्राइभ मेलामा नेपाली लोकप्रिय गायक शिव परियारले विभिन्न नेपाली गीतहरु गाएर स्थानीय बासिन्दाहरुलाई मनोरञ्जन प्रदान गरेका थिए ।

स्थानीय कलाकारहरुले स्थानीय बासिन्दाहरुकालाई नृत्य प्रस्तुत गरेका थिए । नेपाली लोकप्रिय गायिका मीना निरौलाले विविन्न नेपाली गीतहरु गाएर स्थानीय बासिन्दाहरुलाई मनोरञ्जन प्रदान गरेका थिए ।

स्थानीय अन्य कलाकारहरुको समेत भव्य प्रस्तुति रहेको थियो । स्थानीय बासीले कार्यक्रमलाई एउटा उत्सबको रुपमा मनोरञ्जन लिएका थिए ।

बजाज आरइले मनोरञ्जनका साथमा बजाजका थ्रि ह्वीलरको टेस्ट ड्राइभ गर्न सकिने गरि यहि शनिबार मेला आयोजना गरेको थियो । कार्यक्रममा ३००० भन्दा बढि मानिसहरु सहभागी भएको कम्पनीको दावी छ । मेलामा ६०० भन्दा बढी टेस्ट राइड प्रदान गरिएको थियोे र बजाज आरइ बुकिंग भएको थियो । यो मेलामा ५ वटा लक्कि ड्र गरिएको थियो ।

त्यसैगरी साङ्गीतिक कार्यक्रम, फुड स्टलको व्यवस्था, ट्राफिक नियमको बारेमा सर्वसाधारणलाई जानकारी दिईयो । झापा पहिलो पटक आयोजना गरिएको बजाज आरई महा टेष्ट ड्राइभ मेला झापाको आधिकारिक बिक्रेता श्री हलेशी ट्रेड लिंकको सहयोगमा सम्पन्न भएको थियो ।

Facebook Comments

सम्बन्धित समाचार

पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि