• होमपेज
  • समाचार
  • एनसीसी बैंकद्वारा नयाँबजारमा शाखा स्थापना

एनसीसी बैंकद्वारा नयाँबजारमा शाखा स्थापना

  • सोमवार, बैशाख २४, २०७५
एनसीसी बैंकद्वारा नयाँबजारमा शाखा स्थापना

काठमाण्डौं महानगरपालिका, वडा नं. १६, कालधारा चोक, नयाँबजारमा एनसीसी बैंकले नयाँ शाखा विस्तार गरेको छ । एक कार्यक्रमको अवसर पारेर नेपाल राष्ट्र बैंक, संचालक समितिका सदस्य रामजी रेग्मीले उक्त शाखाको उद्घाटन गरेका छन् ।

उक्त शाखाको विधिवत उद्घाटन गर्दै रामजी रेग्मीले एनसीसी बैंकले यस क्षेत्रमा शाखा खोलेर यस क्षेत्रको उद्योगी, व्यवसायी एवं बचतकर्ताहरुलाई समेत आधुनिक बैकिङ्ग सेवा प्रदान गर्ने कुरामा आफु विश्वस्त रहेको बताए । साथै बैंकको समग्र अवस्था बारे जानकारी गराउँदै नेपाल राष्ट्र बैंकको नीति निर्देशन पालना गरी अगाडि बढन सुझाव दिए ।

उक्त अवसरमा वडा नं. १६ का वडाध्यक्ष मुकुन्द रिजालले यस क्षेत्रमा अन्य बैंकहरु पनि रहेकोले उक्त बैंकहरुसंग प्रतिष्पर्धी रुपमा एनसीसी बैंकले उच्चस्तरीय सेवा प्रदान गर्ने विश्वास व्यक्त गरे । साथै वडासंग समन्वय गरी समग्र वडावासीको मन जित्ने गरी कार्य गर्न आफुले सहयोग गर्ने वताउदै शुभकामना व्यक्त गरे ।

एनसीसी बैंकका प्रमुख कार्यकारी अधिकृत रमेश राज अर्यालले आमन्त्रित सबैलाई स्वागत गर्दै अन्य स्थानमा जस्तै यस क्षेत्रमा पनि बैंकले गुणस्तरीय सेवा प्रदान गर्ने कुरामा आश्वस्त हुन सबैलाई अनुरोध गरेका छन् ।

Facebook Comments

सम्बन्धित समाचार