• होमपेज
  • समाचार
  • मेगा बैंकले बैशाख महिनाभित्र ११ शाखा खोल्दै

मेगा बैंकले बैशाख महिनाभित्र ११ शाखा खोल्दै

  • सोमवार, बैशाख २४, २०७५
मेगा बैंकले बैशाख महिनाभित्र ११ शाखा खोल्दै

मेगा बैंक नेपाल लिमिटेडले बैशाख महिनाभित्र ११ वटा नयाँ शाखा खोल्ने बताएको छ । नेपाल राष्ट्र बैंकको स्वीकृति बमोजिम मेगा बैंकले देशका ग्रामीण भेगमा शाखा विस्तार गर्न लागेको हो । यसैक्रममा पाँचथरको कुमायकमा आइतबार र सिन्धुपाल्चोकको इन्द्रावती सोमबार नयाँ शाखा खुलिसकेको छ ।

शाखा विस्तार हुन लागेकोमा बर्दियाको गेरुवा गाउँपालिका, इलामको रोङ, उयदपुरको रौतमाई गाउँपालिका, धनुषाको लक्ष्मीनिया गाउँपालिका, सिरहाको विष्णुपुर गाउँपालिका र गोरखाको भीमसेन गाउँपालिका रहेका छन् । यस्तै, तनहुँको भानु नगरपालिका र स्याङ्जाको भीरकोट नगरपालिकामा पनि मेगा बैंकको शाखा विस्तार हुँदैछ ।

‘हामीले पाँचथरको कुमायकमा आइतबार र सिन्धुपाल्चोकको इन्द्रावती सोमबारमा शाखा खोल्यौं, यही साता अन्य ९ ठाउँमा पनि शाखा खोल्न लागेका छौँ,’ मेगा बैंककी सिइओ अनुपमा खुञ्जेलीले भन्नुभयो– ‘मेगाले शाखा विस्तार गर्न लागेको ठाउँमा अहिलेसम्म ‘क’ बर्गको बाणिज्य बैंक पुगेका छैनन् । घरदैलोमै राष्ट्रियस्तरको बैंकको सुविधा पाउने आशमा सर्वसाधारणहरु उत्साहित देखिएका छन् ।’

स्थापनाकालदेखि नै आर्थिक समावेशितालाई मुख्य प्राथमिकता दिँदै आएकाले बैंकिङ पहुँचमा नपुगेका नेपालीहरुलाई सेवा प्रवाह गर्न मेगा बैंक तल्लीन रहेको सिइओ खुञ्जेलीले बताईन् ।

Facebook Comments

सम्बन्धित समाचार

गरिमा विकास बैंक लिमिटेड र टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट बीच सम्झौता
गरिमा विकास बैंक लिमिटेड र टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट बीच सम्झौता
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने

चर्चामा