• होमपेज
  • समाचार
  • तीन बैंक माथी कारवाही गर !

तीन बैंक माथी कारवाही गर !

  • मङ्लबार, बैशाख २५, २०७५
तीन बैंक माथी कारवाही गर !

राष्ट्र बैंकको पछिल्लो निर्देशनलाई पालना गर्दे तीन वटा बैंक एनबी बैंक, हिमालयन बैंक र एभरेष्ट बैंक बाहेक सबै २५ वटा वाणिज्य बैंक स्थानीय तहमा पुग्दै छ । दिन दिनै शाखा खोल्दै छ । तर यी तीन वटा बैंक किन स्थानीय तहमा जादैनन् । उनीहरुले छुट दिएको छ त राष्ट्र बैंकले यो प्रश्न सर्वत्र चासो र चर्चाको विषय बनेको छ ।

राष्ट्र बैंकको निर्देशन पालना नगर्ने शाखा सञ्जाल स्थानीय तहमा नलैजाने यी तीन वटा बैंकका अध्यक्ष र सिइओलाई तत्कालै स्पष्टिकरण लिई कारवाही हुनु जरुरी देखिन्छ ।

एनवी बैंक नेपाली र बंगालीहरुको लगानीमा सञ्चालित बैंक हो । हिमालयन बैंक पाकिस्तानी र नेपालीको लगानीमा सञ्चालन भएको बैंक भएपनि यी दुवै बैंकले अहिले सम्म स्थानीय तहमा बैंकको शाखा स्थापना गरेका छैनन् । यता एभरेष्ट बैंक भारतीय बैंकर नेपाली लगानीमा स्थापना भएको बैंक हो ।

यो पनि स्थानीय तहमा बैंक लैजाने तयारी समेत लागेको छैन । पूँजी ८ अर्ब पु¥याएपनि शाखा खोल्दा खर्च बढ्ने भएपछि पावर र सत्ताको भरमा यी बैंक दुर्गममा नपुगेको देखिन्छ ।

श्रीमान् गर्मनर साबको निर्देशन सबैलाई बराबर हो । २८ वटा वाणिज्य बैंकहरु मध्ये ३ वटा बैंक तपाईका के नाता पर्दछन् ? किन कारवाही हुदैन । राष्ट्र बैंकलाई यी तीन वटा बैंकले हामी यो दुर्गभ स्थानीय तहमा गाउँपालिका र नगरपालिकामा जान्छौं भनी लेखी पठाएको दुई वर्ष पूरा भयो । निरिह राष्ट्र बैंकका उच्च कर्मचारीलाई स्टार होटलमा मोज मस्ती गराई र सुशासनको धज्जी उडाउने यी तीनवटा बैंकलाई कारवाही गर ।

हिमालयन बैंक राणा परिवारको हो भने एनबी बैंक गर्भनरका मतिहार नेपाल बैंकर संघका कांग्रेसी बैंकर ज्ञानेन्द्र ढुंगाना सिइओ भएको बैंक हो । एभरेष्ट बैंक भारतीय दुतावासको संरक्षणमा रहेको बैंक हो ।

यी पावरफुल बैंकलाई राष्ट्र बैंकको निर्देशन लाग्दैन गर्भनर साब ? यदि लाग्दछ भने तत्कालै यथार्थ कुरा के हो वाहिर आउनु प¥यो । नत्र फेरि तपाईको इमेजमै धक्का लाग्न पनि सक्दछ ।

राष्ट्र बैंकको स्थानीय तहमा बैंक पु¥याउने पछिल्ला निर्देशन यी तीनवटा बैंक वाहेक अरु सबै बैंकले पालना गरेका छन् । तर यी बैंक अटेर गरि रहेका छन् । यसको भित्री कुरा के हो । यसको खोजी हुनु जरुरी भैसकेको छ ।

Facebook Comments

सम्बन्धित समाचार