• होमपेज
  • समाचार
  • सिद्धार्थ बैंकले एकै साथ ८ नयाँ शाखा थप्यो

सिद्धार्थ बैंकले एकै साथ ८ नयाँ शाखा थप्यो

  • आइतवार, बैशाख २३, २०७५
सिद्धार्थ बैंकले एकै साथ ८ नयाँ शाखा थप्यो

सिद्धार्थ बैंक लिमिटेडले एक साथ ८ शाखा विस्तार गरेको छ । बैंकले बैंकिङ्ग पहुँच नपुगेका स्थानीय तहमा शाखा विस्तार गर्ने क्रममा आइतबार रौतहटको माधवनारायण, तनहँुको दुलेगौडा, नवलपुरको गँैडाकोट, नवलपरासीको बर्दघाट, रुपन्देहीको कोटिहवा, कपिलबस्तुको जितपुर, सिराहाको लहान र झापाको सुरुङ्गामा एकै साथ ८ वटा शाखा सञ्चालनमा ल्याएको छ ।

यी शाखाहरु मार्फत नेपाल सरकार एवं नेपाल राष्ट्र बैंकको निर्णय बमोजिम स्थानीय सरकारको सम्पूर्ण खाता कारोवारको संचालन हुनेछ । त्यस्तै यी शाखाहरुबाट बैंकका अन्य शाखाहरुबाट जस्तै सर्वसाधारण तथा उद्यमीले सबै प्रकारका निक्षेप तथा कर्जा कारोवार सुविधा, रकम भुक्तानी लगायत सम्पूर्ण बैंकिङ्ग सेवा प्राप्त गर्न सक्नुहुनेछ । साथै यी शाखाहरुबाट स्थानीय स्तरमा बैकिङ्ग पहुँच बढ्न गई स्थानीय बचत परिचालन, उद्यमशिलताको वृद्घि जस्ता आर्थिक गतिविधि बढ्ने विश्वास बैंकले लिएको छ ।

हालै सञ्चालनमा आएका शाखाहरु सहित बैंकले देशभर १०८ वटा शाखा (३ एक्स्टेन्सन् काउन्टर सहित), ९९ शाखारहित बैंकिङ्ग सेवा, १०८ एटीएम र ६८७ पस मेसिन मार्फत् उच्चस्तरिय बैैकिङ्ग सेवा प्रदान गर्दै आएको छ ।

आर्थिक वर्ष २०७४÷०७५ को चैत्र मसान्तसम्म बैंकले कुल निक्षेप रु.९० अर्ब ४० करोड र कर्जा लगानी रु. ८१ अर्ब १७ करोड गरेको छ भने सोही अवधीमा बैंकले २ अर्ब ४ करोड खुद मुनाफा आर्जन गर्न सक्षम भएको छ ।

Facebook Comments

सम्बन्धित समाचार