• होमपेज
  • समाचार
  • बैंकहरुको नाफा सक्कली कि नक्कली ?

बैंकहरुको नाफा सक्कली कि नक्कली ?

  • सोमवार, बैशाख २४, २०७५
बैंकहरुको नाफा सक्कली कि नक्कली ?

भूपेन्द्र आचार्य । अरु व्यवसायीमा घाटा नाफा हुने तर बैंकको व्यवसायमा घाटा नहुने यो कस्तो व्यवसाय हो । बुझ्नै गह्रो । सुन्दै अचम्म ? हेरौ लोभ लाग्दो तर यथार्थ फरक ।

एक जना बाणिज्य बैंकका सिइओले बैशाख १० गते विहानै फोन गरेर भनेः– ‘सर हामी अर्वपति क्लवमा गयौं । नाफा अर्ब भन्दा बढी कमायौं अगाडी पृष्ठमा मेरो फोटो राखी ठूलो अक्षरमा तपाईको लोकप्रिय पत्रिका, अनलाइन र मासिकका छापिदिनु प¥यो ?

मैले भने कस्तो नाफा हो उनीले भने चैत्र मसान्त भित्र ३ महिनाको हाम्रो बैंकले कमाएको पैसा नि सर’ यी माथिका शब्दबाटै प्रष्ट हुन्छ बैंकको नाफा कागजी हो कि यथार्थ ?

वाणिज्य बैंक र विकास बैंकमा अहिले १२÷१५ लाखको कर्जा माग गर्दा २÷३ महिना कुर्नुपर्ने अवस्थामा छ । बैंकहरुमा चर्को तरलता अभाव छ । १० लाख भन्दा बढी आफ्नै खाताबाट रकम झिक्दा १÷२ दिन अगाडी बैंकलाई फोन मार्फत जानकारी दिनुपर्ने बाध्यता छ । तर बैंकको नाफा अर्ब भन्दा बढी ?

राष्ट्र बैंकको पछिल्लो निर्देशन पछि बैंकहरु भटाभट स्थानीय तहमा गाउँपालिका, नगरपालिकाका दुर्गम ठाउँमा दिन दिनै पुगीरहेका समाचार आएका छन् । खर्च बैंक र विकास बैंकको पक्कै बढेको छ । तर बैंकहरु दिन प्रतिदिन नाफा बढाउँदै गएका छन् ।

एकजना सिइओले भनेः– ‘एउटा शाखा खोल्दा ४०–५० लाख लगानी हुन्छ । शाखा सञ्चालन भएपछि सो शाखाले नाफा कमाउन १ वर्ष लाग्दछ । जताततै घाटा छ । कर्मचारी बढेका छन् । सञ्चालकहरुको भत्ता बढेको छ तर बैंकहरु नाफा कमाइरहेका छन् । यो कस्तो अचम्म हो ?

वाणिज्य बैंकले ११.२५ र विकास बैंकले १२.२५ प्रतिशतमा जनता र संघ संस्था, सरकारी कार्यालयहरुबाट डिपोजिट लिएका छन् । कर्जा प्रवाह १३ देखि १८ प्रतिशत रहेको छ । तर नाफा भने बढेको बढेकै छ । अब बुझे हुन्छ । सबै व्यवसाय बन्द गरेर बैंक खोल्नु पर्दछ । अरु सबै उद्योग धन्दामा घाटा पनि हुन्छ तर बैंक र विकास बैंकमा घाटा कहिले हुँदैन ?

निकम्बा राष्ट्र बैंक चुपचाप छ बैंकहरुले अर्ब, करोड, लाख कमाएका छौं भनिरहेका छ । १५ वाणिज्य बैंक अर्बपति क्लबमा पुगे अरु पुग्ने प्रयास गर्देछन् रे । तर राष्ट्र बैंक कागजी नाफा हो कि यथार्थ नाफा हो खोजी गर्दैन ।

सोध्ने आँट समेत गर्दै गर्भनर डा. चिरजीवी नेपाल बैंकहरुले जे पठाए त्यही सदर गरिदिन्छ । यो कस्तो रेगुलेटर हो अर्थमन्त्रीज्यू ?

बैंकहरुको दुबै हातमा जतिखेर पनि लड्डु कसरी फल्दछ । बैकमा घाटा भन्ने शब्द शब्दकोषमै छैन रे ? अब बैंकहरुको नाफा सक्कली कि नक्कली यसको छनविन हुनु जरुरी देखिन्छ ।

वाणिज्य बैंकका पूर्व एक अध्यक्षले फोनमा भनेः–‘पत्रकार सर नाफाँ कागजी हो । यथार्थ नाफा सिइओ र अध्यक्षको घर्रामा छ । राष्ट्र बैंकले यस्तो हेर्देन जे पठायो त्यहीमा ल्याप्ते लगाएर पठाइदिन्छ ।’

तपाईलाई सही कुरा भनौः– ‘सिइओहरुले जागिर बचाउन, तलब, भत्ता बढी लिन र सञ्चालकलाई खुशी बनाउन गरिने नक्कली काम हो । बैंक र विकास बैंकको नाफा !’

भनिन्छ सुनमा घाटाको व्यवसाय हुँदैन मुल्य घटेमा जर्ती बढाउने काम हुन्छ । तर बैंकमा पैसा अभाव भएपछि नाफा लगानी योग्य रकम नभए पनि नाफा, शाखा बढाए पनि कस्तो हो एक शेयर धनीले भने ः– ‘शेयरको मुल्य खरानी भएको छ । ५ करोडमा घर बेचेर किने शेयर घटेर १ करोडमा आएको छ । आत्माहत्या गर्न मात्रै बाँकी छ । अब बैंकहरु नाफा कमाएको देखाउँछन् । तर शेयरको मूल्य किन बढ्दैन ?

जनताले बुझिसके नाफा यथार्थ होइन । देखाउने दाँत हो उनीले प्रति प्रश्न गर्दे भने नाफा बढेको भए किन शेयर मुल्य बढेन ?

नेपाल राष्ट्र बैंकका कर्मचारीहरुले दशैं, तिहारमा बैंकका सञ्चालक र सिइओ मार्फत मंहगा रक्सी र घर जान गाडी र खाम बन्दी पैसा लिने परम्परा भएको कारण नाफा जति गरे पनि छुट दिइरहन्छन् खोजी गर्दैनन् । खोजी गरे अनुसन्धान गरे भने पाउँदै आएको पनि गुम्ने भएकै कारण बैंकहरुलाई नाफा कमाउने र कागजी देखाउने छुट भएको राष्ट्र बैंकक पूर्व डिपुटी गर्भनरले बताए ।

जे भएपनि नाफा यथार्थ हुनुप¥यो । कागजमा नाफा देखाएर बजारमा जनता भुक्याउन पाइदैन । कानुन सबैलाई एउटै हो होइन र श्रीमान् ?

Facebook Comments

सम्बन्धित समाचार