• होमपेज
  • अर्थ/वाणिज्य
  • सन्राइज बैंकद्धारा शेल्टर आश्रय नेपाललाई सहयोग

सन्राइज बैंकद्धारा शेल्टर आश्रय नेपाललाई सहयोग

  • बिहिबार, बैशाख १३, २०७५
सन्राइज बैंकद्धारा शेल्टर आश्रय नेपाललाई सहयोग

सन्राइज बैंक लिमिटेडले सडक तथा असाहाय बालबालिकाहरुको संरक्षणको निम्ति काम गर्दै आईरहेको गैर सरकारी संस्था शेल्टर आश्रय नेपाललाई बैंकको संस्थागत सामाजिक उत्तरदायीत्व अन्र्तगत रु. ५००,०००।– नगद सहयोग प्रदान गरेको छ ।

उक्त संस्थाको नेतृत्वमा रसियाको मस्कोमा हुन गईरहेको अठार वर्ष मुनिका सडक तथा असाहाय बालबालिकाको विश्वकपमा ९ जना नेपाली खेलाडीहरुले सहभागिता जनाउँदैछन् ।

सो खेलमा उनीहरुको सहभागिताका साथै शेल्टर आश्रयमा आश्रीत सम्पूर्ण बालबालिकाको उचित स्याहार–शुसार, पठन–पाठन, खान–पान तथा उनीहरुको समुचित विकाशका निम्ति हुने खर्चका लागि उक्त रकम बैंकका वरिष्ठ नायब महाप्रबन्धक आशा राणा अधिकारीले बैंकको प्रधान कार्यालय, गैिह्रधारामा एक समारोह बिच प्रदान गरिएको हो ।

Facebook Comments

सम्बन्धित समाचार