• होमपेज
  • बीमा
  • आइएमई लाइफ इन्स्योरेन्स र सेन्चुरी बैंकवीच बैंक अस्योरेन्स सम्झौता

आइएमई लाइफ इन्स्योरेन्स र सेन्चुरी बैंकवीच बैंक अस्योरेन्स सम्झौता

  • बिहिबार, बैशाख १३, २०७५
आइएमई लाइफ इन्स्योरेन्स र सेन्चुरी बैंकवीच बैंक अस्योरेन्स सम्झौता

आइएमई लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेड र सेन्चुरी बैंक लिमिटेड बिच बैंक अस्योरेन्स सम्झौता भएको छ । उक्त बैंक अस्योरेन्स सम्झौतामा इन्स्योरेन्स कम्पनीका तर्फबाट निमित्त महाप्रबन्धक दिनेश अमात्य र सेन्चुरी बैंक लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत जीवन भट्टराईले हस्ताक्षर गरेका छन् ।

सो बैंक अस्योरेन्स सम्झौता पश्चात सर्वसाधरण तथा बैंकका ग्राहकहरुले सेन्चुरी बैंक लिमिटेडको कुनै पनि शाखाबाट छिटो छरितो र सहज रुपमा आइएमई लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडको जीवन बीमा गराउनका साथै जीवन बीमा सम्बन्धि जानकारी प्राप्त गर्न सक्नेछन् ।

आइएमई लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले हाल ५० स्थानबाट विभिन्न शाखा मार्फत सेवा प्रदान गर्दै आएको छ भने विभिन्न १० वटा योजनाहरु बजारमा ल्याएको छ । कम्पनीले सामान्य सावधिक, बाल शिक्षा, आजीवन, नगदर्फिता, साढे तीन गुणा रक्षावरण लगायतका बीमा योजना ल्याएको छ ।

आईएमई लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडको मुख्य उद्देश्य न्यून आय भएका शहरी तथा ग्रामीण भेगका व्यक्तिहरुको समेत जीवन बीमामा पहुँच पु¥याई नेपालमा जीवन बीमा बिस्तार गर्नु रहेको छ ।

Facebook Comments

सम्बन्धित समाचार

गरिमा विकास बैंक लिमिटेड र टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट बीच सम्झौता
गरिमा विकास बैंक लिमिटेड र टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट बीच सम्झौता
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने