• होमपेज
  • बीमा
  • वैशाख ५ गतेबाट नेपाल इन्स्योरेन्सको हकप्रद सेयर

वैशाख ५ गतेबाट नेपाल इन्स्योरेन्सको हकप्रद सेयर

  • आइतवार, चैत्र १८, २०७४
वैशाख ५ गतेबाट नेपाल इन्स्योरेन्सको हकप्रद सेयर

नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडले वैशाख ५ गतेदेखि शतप्रतिशत अर्थात एक बराबर एकको अनुपातमा हकप्रद सेयर निष्काशन गर्ने भएको छ ।

जेठ ८ गतेसम्म निष्काशन खुला रहने सेयरमा चैत्र २२ गतेसम्म कायम भएका सेयरधनीले  आवेदन दिन पाउनेछन् ।

कम्पनीले एक सय रुपैयाँ अंकित मूल्यमा ३० करोड १९ लाख ८८ हजार छ सय १० रुपैयाँ बराबरको ३० लाख १९ हजार ८ सय ८६ दशमलव १० कित्ता हकप्रद सेयर निष्कासन गर्नेछ ।

कम्पनीको सेयर निष्काशन तथा विक्री प्रबन्धकमा एनआईबिएल क्यापिटल लिमिटेड रहेको छ । विक्री प्रबन्धक र नेपाल धितोपत्र बोर्डबाट इजाजत प्राप्त सी–आस्वा सेवामा सहभागि सबै बैङ्क तथा वित्तीय संस्थाहरुबाट हकप्रदमा आवेदन दिन सकिन्छ ।

हकप्रद सेयर निष्कासनपछि कम्पनीको चुक्तापूँजी रू. ६० करोड ३९ लाख ७७ हजार २ सय २० पुग्नेछ ।

Facebook Comments

सम्बन्धित समाचार

निको बाल अस्पताल भरतपुरमा कुमारी बैंकका ग्राहकलाई १५ प्रतिशत छुट

नबिल बैंकले ३ अर्बको ऋणपत्र निष्काशन गर्ने, बिक्री प्रबन्धकमा नेपाल एसविआई मर्चेण्ट नियुक्त

गरिमा विकास बैंक लिमिटेड र टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट बीच सम्झौता

पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन

एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !

एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)