• होमपेज
  • अटो
  • हुन्डाई फेसटिभ डिलाइटका बिजेता घोषित

हुन्डाई फेसटिभ डिलाइटका बिजेता घोषित

  • आइतवार, चैत्र १८, २०७४
हुन्डाई फेसटिभ डिलाइटका बिजेता घोषित

हुन्डाई गाडीको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टलले दशैं तिहारको उपलक्ष्यमा ल्याएको हुन्डाई फेसटिभ डिलाइट अफरको विजेताहरुको नाम घोषणा गरेको छ ।

सो अफर अनुरुप हरेक नँया हुन्डाई गाडीको खरिदमा ग्राहकहरुले ५ लाखसम्मको छुट र एक वर्षको निशुल्क बिमा साथै स्क्रयाच कार्ड मार्फत थप १ लाख सम्मको नगद छुट, लक्कि ड्र मार्फत १०० जना भाग्यमानी विजेताहरुलाई १०(१० ग्राम सुन, १० जोडीलाई दुबई भ्रमण र बम्पर लकी ड्रबाट २ जनालाई हुन्डाई इलाइट आई २० र हुन्डाई एक्सेंट जित्ने अवसर पाएका थिए ।

हुन्डाई फेसटिभ डिलाइट अफरको विजेताको घोषणा लक्की ड्र मार्फत चैत्र १६ गते शुक्रबार गरिएको थियो । सो कार्यक्रमको मुख्य अतिथि कनज्युमर आई नेपालकी अध्यक्ष श्रीमती बिमला खनालसंगै रोजिना श्रेष्ठ, मिस फ्रेन्डसिप २०१७ एवंम निकिता चाण्डक, मिस नेपाल २०१७ रहेकी थिइन् ।

हुन्डाई फेसटिभ डिलाइट अफर अनुरुप, १०० जना भाग्याशाली विजेताहरुको लक्की ड्र श्रीमती बिमला खनालद्धारा कनज्युमर आई नेपालको अनामनगर अवस्थित कार्यालयमा गरिएको थियो । सो अफरका १०० जना भाग्याशाली विजेताहरुको नाम हुन्डाई नेपालको फेसबुक पेजमा समावेश गरिएको छ ।

साथै, दुबई भ्रमणको १० जना भाग्यशाली जोडीहरुको छनोट तीनै जना प्रमुख अतिथी द्धारा लक्की ड्र मार्पmत गरिएको थियो ।
भाग्यशाली बिजेताहरुको नाम र कुपन नं यस प्रकार छनः

१) सुजा बास्तोला-कुपन नं :७३५०
२) महेस राजकर्णिकार-कुपन:१२५८०
३) कृष्ण राज पोख्रेल -कुपन नं स् ११५००
४) अनिल कुमार श्रेष्ठ -कुपन नं :१२७५०
५) पेमा लामा -कुपन नं :१५१०
६) बालकृष्ण थापा -कुपन नं :९६६०
७) नीरज क्षेत्री – कुपन नं :४३६
८) दान बहादुर चौहान – कुपन नं :८८५०
९) धन्जयन् शर्मा बञ्जारा – कुपन नं :३१६
१०) सूर्य लाईफ इन्सुरेन्स कम्पनी -कुपन नं :२८७

हुन्डाई फेसटिभ डिलाइट अफर अन्तर्गत, कुपन नम्बर ९८० का शुसन प्रसाद अधिकारी ले हुन्डाई इलाईट आइ २० प्राप्त गरे । साथै हुन्डाई फेसटिभ डिलाइट अफर अन्तर्गत, कुपन नम्बर ८५३ का कन्काई आयल सपलायर्सले हुन्डाई एक्सेनट प्राप्त गरेको छ ।

सो योजना ८ भाद्रदेखि १० कार्तिक २०७४ सम्म लागु गरिएको थियो ।

Facebook Comments

सम्बन्धित समाचार