• होमपेज
  • अर्थ/वाणिज्य
  • सिटिजन्सद्वारा विद्यालयलाई आर्थिक सहयोग

सिटिजन्सद्वारा विद्यालयलाई आर्थिक सहयोग

  • सोमवार, चैत्र १९, २०७४
सिटिजन्सद्वारा विद्यालयलाई आर्थिक सहयोग

नेपाली जनताको घरदैलोमा बैंकिंग सेवा पुर्याउँदै आएको सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले कुलेश्वर माध्यमिक विद्यालयलाई रू १५०००० को आर्थिक सहयोग उपलब्ध गराएको छ ।

हरेक वर्ष बैंकले आफ्नो बार्षिक उत्सवको उपलक्ष्यमा सामाजिक रूपान्तरणका लागि कार्य गर्ने संस्थालाई आर्थिक सहयोग उपलब्ध गराँउदै आएको छ ।

यसैको निरन्तरता स्वरूप बैंकले आफ्नो बार्षिक कार्यतालिका अनुसार उक्त सहयोग रकम हस्तान्तरण गरेको छ । बैंकले आफ्नो एघारौ बार्षिक उत्सवको उपलक्ष्यमा यस विद्यालयलाई आर्थिक सहयोग प्रदान गरेको छ ।

बैंकका प्रमुख कार्यकारी अधिकृत राजन सिंह भण्डारीको समुपस्थितिमा रू एक लाख पचास हजारको चेक विद्यालयका प्राचार्य एस.के. नेपाललाई हस्तान्तरण गरिएको थियो ।

बिद्यालयका प्राचार्य एस.के. नेपालले सो रकम फर्निचर खरिद गर्ने बताएका छन् । कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत भण्डारीले मानिसमा उद्यमशिलताको विकाश हुनु नितान्त आवस्यक रहेको कुरालाई जोड दिए ।

भण्डारीले सामुदायिक विद्यालयहरु आर्थिक रूपले आत्मनिर्भर भए मात्र गुणस्तरीय शिक्षा प्रदान गर्ने सक्ने कुरामा जिकिर गरे र गुणस्तरीय शिक्षाको अभावकै कारण हाम्रो मुलुकले द्रन्द खेप्नु परेको कुरा व्यक्त गरे ।

सो कार्यक्रममा उपस्थित बालबालिकाहरुले बैंकले गरेको यस्तो सहयोगले उनीहरुको अन्धकारमय जीवनमा सिटिजन्स बैंक प्रगति र उन्नतिको प्रकाश बनेर आएको कुरा व्यक्त गर्दै खुशियाली जाहेर गरेका थिए । उज्यालो भविष्यका निम्ति अहोरात्र खोजीमा रहेका बालबालिकाहरुले सांस्कृतिक कार्यक्रम समेत प्रस्तूत गरेका थिए ।

अब आउने निकट भविष्यमा बैंकले संस्थागत सामाजिक उतरदायित्व कार्यक्रम अन्तर्गत सामाजिक, आर्थिक, सांस्कृतिक, शैक्षिक आदि जस्ता क्षेत्रमा सकारात्मक परिवर्तन ल्याउनका निम्ति विभिन्न कार्यक्रम संचालन गर्ने कुरा बैंकका प्रमुख कार्यकारी अधिकृत भण्डारीले बताए ।

नेपाली जनताको घरदैलोमा बैंकिंग सेवा पुर्याउँदै आएको सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले कुलेश्वर माध्यमिक विद्यालयलाई रू १५०००० को आर्थिक सहयोग उपलब्ध गराएको छ । हरेक वर्ष बैंकले आफ्नो बार्षिक उत्सवको उपलक्ष्यमा सामाजिक रूपान्तरणका लागि कार्य गर्ने संस्थालाई आर्थिक सहयोग उपलब्ध गराँउदै आएको छ ।

यसैको निरन्तरता स्वरूप बैंकले आफ्नो बार्षिक कार्यतालिका अनुसार उक्त सहयोग रकम हस्तान्तरण गरेको छ । बैंकले आफ्नो एघारौ बार्षिक उत्सवको उपलक्ष्यमा यस विद्यालयलाई आर्थिक सहयोग प्रदान गरेको छ ।

एक कार्यक्रम बिच बैंकका प्रमुख कार्यकारी अधिकृत राजन सिंह भण्डारीको समुपस्थितिमा रू एक लाख पचास हजारको चेक विद्यालयका प्राचार्य एस.के. नेपाललाई हस्तान्तरण गरिएको थियो । बिद्यालयका प्राचार्य एस.के. नेपालले सो रकम फर्निचर खरिद गर्ने बताएका छन् ।

कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत भण्डारीले मानिसमा उद्यमशिलताको विकाश हुनु नितान्त आवस्यक रहेको कुरालाई जोड दिए । भण्डारीले सामुदायिक विद्यालयहरु आर्थिक रूपले आत्मनिर्भर भए मात्र गुणस्तरीय शिक्षा प्रदान गर्ने सक्ने कुरामा जिकिर गरे र गुणस्तरीय शिक्षाको अभावकै कारण हाम्रो मुलुकले द्रन्द खेप्नु परेको कुरा व्यक्त गरे ।

सो कार्यक्रममा उपस्थित बालबालिकाहरुले बैंकले गरेको यस्तो सहयोगले उनीहरुको अन्धकारमय जीवनमा सिटिजन्स बैंक प्रगति र उन्नतिको प्रकाश बनेर आएको कुरा व्यक्त गर्दै खुशियाली जाहेर गरेका थिए । उज्यालो भविष्यका निम्ति अहोरात्र खोजीमा रहेका बालबालिकाहरुले सांस्कृतिक कार्यक्रम समेत प्रस्तूत गरेका थिए ।

अब आउने निकट भविष्यमा बैंकले संस्थागत सामाजिक उतरदायित्व कार्यक्रम अन्तर्गत सामाजिक, आर्थिक, सांस्कृतिक, शैक्षिक आदि जस्ता क्षेत्रमा सकारात्मक परिवर्तन ल्याउनका निम्ति विभिन्न कार्यक्रम संचालन गर्ने कुरा बैंकका प्रमुख कार्यकारी अधिकृत भण्डारीले बताए ।

Facebook Comments

सम्बन्धित समाचार