• होमपेज
  • समाचार
  • अन्तर्राष्ट्रिय औद्योगिक व्यापार मेला काठमाडौँमा

अन्तर्राष्ट्रिय औद्योगिक व्यापार मेला काठमाडौँमा

  • आइतवार, चैत्र १८, २०७४
अन्तर्राष्ट्रिय औद्योगिक व्यापार मेला काठमाडौँमा

देशभरका लघु, घरेलु तथा साना उद्योगका उत्पादन अन्तर्राष्ट्रिय तहमा प्रवद्र्धन गर्न ‘नेपाल १४ औँ अन्तर्राष्ट्रिय औद्योगिक व्यापार मेला तथा घरेलु उद्योग महोत्सव’ आगामी वैशाख १४ देखि १८ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा हुने भएको छ ।

नेपाल घरेलु तथा साना उद्योग महासंघले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा स्वदेशी मौलिकता रहेका विभिन्न वस्तु तथा सेवाको प्रदर्शन गरिने महोत्सवमा गरिने जानकारी गराइएको छ ।

महासंघका अध्यक्ष श्यामप्रसाद गिरीले प्रदर्शनीमा सार्क मुलुकका भारत, पाकिस्तान, बंगलादेश, भुटान, श्रीलंका तथा चीनका उद्यमीको समेत सहभागिता रहने जानकारी दिनुभयो ।

आयात प्रतिस्थापन र निर्यात प्रवद्र्धनका लागि लघु, घरेलु तथा साना उद्योगको विकास भन्ने मूल नारा रहेको प्रदर्शनीमा ग्रामीण भेगबाट पनि उद्यमीको सहभागिता हुने जनाइएको छ ।

प्रदर्शनीमा देशभरका स्वदेशी औद्योगिक वस्तुको बजार प्रवद्र्धन गरी उद्यमी–उद्यमीका बीच व्यावसायिक सम्बन्ध विस्तार गराउने, उद्यमीबीच अनुभव आदानप्रदान गराउने, औद्योगिक विकासका लागि नयाँ प्रविधि, कृषि औजार तथा प्रविधि एवं नवीकरणीय ऊर्जा प्रविधिको प्रयोगका लागि प्रचारप्रसार गरिनेछ ।

Facebook Comments

सम्बन्धित समाचार

पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि