सन्राइज बैंक लिमिटेडले आफ्ना ग्राहकर्वगहरुलाई विभिन्न सुविधा दिने क्रममा अन्तर्राष्ट्रिय कार्ड प्रदायक कम्पनी भिसासँग सहकार्य गरी, Team Quest Pvt. Ltd. अन्र्तगतका सम्पूर्ण QFX सिनेमा हलहरुबाट सन्राइज बैंक लिमिटेडको भिसा डेविट तथा क्रेडिट कार्ड प्रयोग गरि टिकट खरिद गर्दा ग्राहकहरुलाई हरेक दुई टिकटको खरिदमा बैंकको तर्फबाट एक टिकट निःशुल्क दिने योजना ल्याएको छ ।
यस योजना अन्र्तगत QFX सिनेमाका सम्पुर्ण हलहरुमा खरिद गरिएका टिकटमा लागु हुनेछ । कुनै पनि वस्तु तथा सेवाको उपभोग वा खरिद गर्दा नगदको सट्टामा कार्ड मार्फत भुक्तानी गर्न प्रोत्साहित गर्ने उद्येश्यले बैंकले यो योजना ल्याएको हो । यस किसिमको योजनाबाट ग्राहक वर्गहरु थप लाभान्वित हुने र कारोवार पनि सुरक्षित हुनेमा बैंक विश्वस्त छ ।