नेपालको लागि जेसीबीब्रान्डका अर्थमुभिङ तथा निर्माण उपकरणको आधिकारिक विक्रेता एमएडब्लु अर्थमुभर्स प्रालिले सिराहाको लहानमा ‘अथराइज्ड रिटेल आउटलेट’ (एआरओ) सुरु गरेको छ ।
नयाँ ‘एआरओ’ बाट जेसीबीका ग्राहकले विश्वस्तरीय एफ्टर सेल्स सर्भिस र स्पेयरको सुविधा पाउनेछन् । यो क्षेत्रमा निर्माण कार्यले तीव्रता पाएसँगै निर्माण व्यवसायीहरुको सहजताका लागि जेसीबीले आधिकारिक आउटलेट सुरु गरेको हो ।
नयाँ ‘एआरओ’को उद्घाटन प्रदेश नं २ का सांसद लगनलाल चौधरीले गर्नु भएको हो । उद्घाटन कार्यक्रममा नयाँ ‘एआरओ’का प्रबन्धनिर्देशक धनवीर महतोले सहज सेवा दिने र यसमा कुनै सम्झौता नहुने बताए । नयाँ ‘एआरओ’बाट जेन्युइन पार्टस्को विक्री गरिनेछ ।
कार्यक्रममा सिराहा निर्माण व्यवसायी संघका अध्यक्ष विशाल साह र टप इटा उद्योगका अनोज यादवको साथै उदयपुर, सप्तरी, खोटाङ, ओखलढुंगाका निर्माण व्यवसायीहरुको उपस्थिति थियो ।
एमएडब्लु अर्थमुभर्सले जेसीबी मेसिनको संख्या बढिरहेका स्थान बनेपा, गल्छी, दोलखा र डडेलधुरामा ‘एआरओ’ स्थापना गरिसकेको छ ।
एमएडब्लु अर्थमुभर्सले जेसीबी मेसिनको संख्या बढिरहेका अन्य स्थानमा पनि एआरओ स्थापना गर्ने लक्ष्य लिएको छ । विक्रीपछिको सेवामा बढी विश्वास गर्ने भएकाकारण नेपालमा जेसीबीको सबैभन्दा ठूलो शाखा सञ्जाल रहेको छ ।
नेपालको नम्बर १ ब्रान्ड जेसीबीका एस्काभेटर, ब्याकहो, रोलर, कम्प्याक्टर र लोडअल लगायत उत्पादन बजारमा छन् । इन्धन कम खपतहुने, मर्मत खर्च कम लाग्ने र उत्कृष्ट कामगर्ने भएका कारण यी मेसिनहरु लोकप्रिय छन् ।
पर्याप्त जनशक्ति र स्पेयर्सका कारण जेसीबीप्रतिको जनविश्वास बढ्दै गएको छ । जेसीबीले विक्रीलाई होइन विक्रीपछिको सेवालाई जोड दिन्छ र यसकै कारण यो नेपालको हेभि इक्विपमेन्ट क्षेत्रमानम्बर १ ब्रान्ड बनेको हो ।