• होमपेज
  • अटो
  • ड्याट्सनले नयाँ वर्ष २०७५ अभियान प्रस्तुत गरेको छ

ड्याट्सनले नयाँ वर्ष २०७५ अभियान प्रस्तुत गरेको छ

  • बुधबार, चैत्र २१, २०७४
ड्याट्सनले नयाँ वर्ष २०७५ अभियान प्रस्तुत गरेको छ

नेपालमा ड्याट्सन गाडीको आधिकारिक बिक्रेता पायोनियर मोटो कर्प प्रा.लिले नयाँ वर्षको उपलक्ष्यमा आफ्ना “नयाँ वर्षको मेगा अफर” योजना प्रस्तुत गरेको छ । यो योजना चैत १९ गतेदेखि जेठ १८ गतेसम्म ड्याट्सन गाडीको खरिदमा लागू हुने छ ।

यस योजना अन्तर्गत ग्राहकले ड्याट्सन गाडीको खरिदमा निश्चित उपहार स्वरुप हरेक एक जोडीले मलेसियाको भ्रमण गर्न पाउनुहुने छ र लायल्टी बोनस, निःशुल्क गाडीका एक्सोसरिजहरु पाउनुहुने छ ।

साथै १ वर्षको निःशुल्क इन्स्युरेनस, ३ वर्षसम्मको वारेन्टी, ३ वर्षसम्म निःशुल्क सर्भिसिङ्ग र सडक करको सुबिधा प्राप्त गर्नुहुने छ । साथै एक्स्चेन्ज अफरमा ग्राहकले आफ्नो पुरानो गाडीलाई नयाँ ड्याट्सनसँग साट्न सक्नुहुने छ । कम्पनीले हरेक गाडीमा सहज फाइनासको सुबिधा प्राप्त गर्न सक्नुहुने छ ।

सरी यस योजना अन्तर्गत ड्याट्सन गाडी खरिद गर्नुहुने ग्राहकले ड्याट्सन रेडि गो मा अधिकतम रु ३०७,०००, ड्याट्सन गो मा अधिकतम रु ४०५,००० र ड्याट्सन गो प्लसमा अधिकतम रु ४५७,००० सम्मको फाइदा प्राप्त गर्न सक्नुहुने छ ।आकर्षक भित्री डिजाइन, उत्कृष्ट लुक्स, नयाँ प्रविधि, तथा कम मूल्य आदि यसका विशेषताहरु रहेका छन् ।

Facebook Comments

सम्बन्धित समाचार