• होमपेज
  • समाचार
  • सेञ्चुरी कमर्सियल बैंक र नर्भिक हस्पिटलबीच सम्झौता

सेञ्चुरी कमर्सियल बैंक र नर्भिक हस्पिटलबीच सम्झौता

  • आइतवार, फाल्गुन २०, २०७४
सेञ्चुरी कमर्सियल बैंक र नर्भिक हस्पिटलबीच सम्झौता

सेञ्चुरी कमर्सियल बैंक र नर्भिक इन्टरनेशनल हस्पिटलबीच बैंकका ग्राहकहरु, शेयरधनी तथा कर्मचारीहरुलाई सहुलियत प्रदान गर्ने गरी सम्झौता भएको छ ।

सम्झौता अनुसार सेञ्चुरी प्रिमियम बचत र सेञ्चुरी प्लाटिनम बचत क्रेडिट कार्ड, शेयरधनीहरु तथा कर्मचारीहरुले १० प्रतिशतसम्म प्याथोलोजी, रेडियोलेजी, मेम्मोग्राम, सर्जरी र कार्रदियाक नंन इन्भेसिभ जांचमा छूट पाउनेछन् ।

साथै बेड चार्जमा ५ प्रतिशत छूट पनि पाउनेछन् । उक्त सम्झौतापत्रमा बैंकका का.मु. प्रमुख कार्यकारी अधिकृत जीवन भट्टराई र नर्भिक इन्टरनेशनल हस्पिटलका प्रमुख बजार अधिकृत प्रविण दावरले हस्ताक्षर गरेका थिए ।

Facebook Comments

सम्बन्धित समाचार