• होमपेज
  • अर्थ/वाणिज्य
  • ग्लोबल आइएमई बैंकको थप ३ शाखारहित बैंकिङ सेवा

ग्लोबल आइएमई बैंकको थप ३ शाखारहित बैंकिङ सेवा

  • सोमवार, फाल्गुन २१, २०७४
ग्लोबल आइएमई बैंकको थप ३ शाखारहित बैंकिङ सेवा

ग्लोबल आइएमई बैंकले थप ३ शाखा रहित बैंकिङ सेवाको शुभारम्भ गरेको छ । बैंकले आइतबार सिराहा जिल्लाको अर्नमा गाँउपालिका वडा नं. १, महानौरमा आफ्नो ७५ औँ, धनुषा जिल्लाको पिपरा गाँउपालिका वडा नं. ६, रतौली बजारमा ७६औँ र सोही जिल्लाकै नगर्राइन गाँउपालिका वडा नं. ३, फुलगामामा ७७औँ शाखारहित बैंकिङ सेवा शुरु गरेको हो ।

सिराहा जिल्लाको महानौरमा खोलिएको शाखारहित बैंकिङ सेवाको लागि स्थानीय सिताराम महतो, धनुषा जिल्लाको रतौली बजारमा खोलिएको शाखारहित बैंकिङ सेवाको लागि स्थानीय सुरेन्द्रकुमार मण्डल र उक्त जिल्लाकै फुलगामामा खोलिएको शाखारहित बैंकिङ सेवाको लागि दीपेन्द्रप्रसाद शाहलाई व्यवसायीक प्रतिनिधि नियुक्त गरिएको बैंकले जनाएको छ ।

फुलगामामा खोलिएको शाखारहित बैंकिङ सेवा उद्घाटन समारोहमा त्यस क्षेत्रका बासिन्दामा वित्तीय साक्षरता जगाउने उद्देश्यले बैंकले ‘वित्तीय साक्षरता कार्यक्रम’ पनि आयेजना गरेको थियो ।

उक्त वित्तिय साक्षरता कार्यक्रममा ग्लोबल आइएमई बैंकका ‘तालिम तथा बैंक बिज्ञ पुर्णमान नापितले उक्त क्षेत्रमा बसोबास गर्ने विद्यार्थी, व्यापारी, सरकारी तथा गैह्र सरकारी कर्मचारी, आमा समूह तथा अन्य स्थानीय बासीहरुलाई बैंक तथा वित्तिय संस्थाको आवश्यकता र औचित्यका बारेमा बारेमा जानकारी गराएका थिए ।

Facebook Comments

सम्बन्धित समाचार

गरिमा विकास बैंक लिमिटेड र टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट बीच सम्झौता
गरिमा विकास बैंक लिमिटेड र टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट बीच सम्झौता
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने

चर्चामा