• होमपेज
  • समाचार
  • नेपाल लाइफ इन्स्योरेन्सको अध्यक्षमा गोविन्दलाल संघाइ चयन

नेपाल लाइफ इन्स्योरेन्सको अध्यक्षमा गोविन्दलाल संघाइ चयन

  • शुक्रबार, फाल्गुन १८, २०७४
नेपाल लाइफ इन्स्योरेन्सको अध्यक्षमा गोविन्दलाल संघाइ चयन

नेपाल लाइफ इन्स्योरेन्सको सञ्चालक समितिका अध्यक्षमा गोविन्दलाल संघाइ नियुक्त भएका छन्।

यसअघि कम्पनीका अध्यक्ष रहेका रमेश गुप्ताले राजीनामा दिएपछि  सञ्चालक समितिको बैठकले उनको राजीनामालार्इ स्वीकृत गरी गोविन्दलाल संघाइलार्इ सञ्चालक समितिको अध्यक्षमा नियुक्ती गरेको जनाएको छ।  गुप्ताको  राजीनामालाई ‘व्यक्तिगत कारण’ भनिएको छ।

फागुन १६ गते बसेको साधारणसभाको बैठकले संघाइलाई अध्यक्षका रुपमा चयन गरेको हो।  नवनियुक्त अध्यक्ष गोविन्दलाल संघाइ संस्थापक समूहकै संचालक हुन्। उनी त्रिवेणी समुहको तर्फबाट प्रतिनिधि हुन्।

संघाइ बीमा कम्पनीमा लामो समयदेखि संचालक भएर काम गर्दै आएका छन् भने नेपालको बीमा बजारमा अनुभवी संचालक हुन्।

Facebook Comments

सम्बन्धित समाचार

चर्चामा