• होमपेज
  • समाचार
  • गरिमा विकास बैंकले सञ्चालनमा ल्यायो सी–आस्बा

गरिमा विकास बैंकले सञ्चालनमा ल्यायो सी–आस्बा

  • बुधबार, फाल्गुन ९, २०७४
गरिमा विकास बैंकले सञ्चालनमा ल्यायो सी–आस्बा

 

गरिमा विकास बैंकले सी–आस्बा सेवा सञ्चालनमा ल्याएको छ । बैंकमा चल्ती तथा बचत खाता रहेका ग्राहकहरुलाई धितोपत्रको प्राथमिक निष्काशन (आइपिओ/एफपिओ) तथा हकप्रद शेयर निष्काशन हुँदा उक्त शेयर खरिदका लागि दरखास्त दिने सो सञ्चालनमा ल्याएको हो ।

बैंकका ग्राहकहरुले आफ्नो डिम्याट खाता रहेको निक्षेप सदस्यकोमा गई मेरो शेयर सेवाको युजर आइडी र पासवर्ड लिने बैंकमा गई आफ्नो खाताको सी–आस्बा रजिष्ट्रेशन नम्बर (सिआरएन) लिएर निक्षेप सदस्यकोमा बैंक खाता नम्बर अपडेट गराए पश्चात घरमै बसेर मोबाईल तथा कम्प्युटरको प्रयोग गरी शेयर आवेदन दिन सकिने बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द प्रसाद ढकालले बताए ।

आइपिओ÷एफपिओ÷हकप्रद शेयर खरिदका लागि अनलाईन निवेदन दिन, आफ्नो डिम्याट खातामा रहेको धितोपत्रको पोर्टफोलियो हेर्ने, शेयर रोक्का फूकूवा सम्बन्धी विवरण हेर्ने लगायतका कार्यहरु सीआस्बाको प्रयोगबाट गर्न सकिने छ । बैंकका सम्पुर्ण ४९ वटा शाखा कार्यालयमा खाता रहेका ग्राहकहरुले यो सेवा निःशूल्क रुपमा प्रयोग गर्न सक्ने प्रमुख कार्यकारी अधिकृत ढकालले बताए ।

Facebook Comments

सम्बन्धित समाचार