• होमपेज
  • अर्थ/वाणिज्य
  • सेञ्चुरी बैंकको पांच नयाँ शाखा विस्तार

सेञ्चुरी बैंकको पांच नयाँ शाखा विस्तार

  • बुधबार, फाल्गुन ९, २०७४
सेञ्चुरी बैंकको पांच नयाँ शाखा विस्तार

 

सेञ्चुरी कमर्सियल बैंकले देशको ग्रामीण भेगका जनता माझ बैंकिङ्ग पहुंच पु¥याउने सरकार तथा नेपाल राष्ट्र बैंकको लक्ष्य बमोजिम खोटाङ्ग जिल्लाको लामिडांडा गाउंपालिका, अर्घाखाँची जिल्लाको भुमिकास्थान नगरपालिका, रुकुम जिल्लाको आठबिसकोट नगरपालिका, मोरङ्ग जिल्लाको ग्रामथान गाउंपालिका र सर्लाही जिल्लाको गोडैटा नगरपालिकामा शाखा कार्यालयहरु सञ्चालनमा ल्याएको छ ।

सो शाखा कार्यालयहरु बैंकका अध्यक्ष राजेश कुमार श्रेष्ठले केन्द्रिय कार्यलयबाट शुभारम्भ गरेका हुन् ।

काठमाण्डौंको पुतलीसडकस्थित प्रधान कार्यालयबाट बैंकिङ्ग कारोवार सुरु गरेको यस बैंकले हालसम्ममा ९४ वटा शाखाहरुबाट ग्राहकवर्ग समक्ष बैकिङ्ग सेवा प्रदान गर्दै आइरहेको छ ।

Facebook Comments

सम्बन्धित समाचार