• होमपेज
  • समाचार
  • सिइओ निरज श्रेष्ठले दिए राजीनामा

सिइओ निरज श्रेष्ठले दिए राजीनामा

  • मङ्लबार, फाल्गुन ८, २०७४
सिइओ निरज श्रेष्ठले दिए राजीनामा

 

माछापुच्छ्रे बैंकका प्रमुख कार्यकारी अधिकृत (सिइओ) निरजकुमार श्रेष्ठले राजीनामा दिएका छन्। ४ वर्षका लागि सिइओ नियुक्त भएका श्रेष्ठले १६ महिनामै बैंक छाडेका हुन्।

सञ्चालक समितिसँगको विवादका कारण उनले राजीनामा दिएको एक संचालकले बताए। श्रेष्ठले नेतृत्व सम्हालेपछि बैंकको प्रगति नभएको आरोप श्रेष्ठलाई लगाएपछि श्रेष्ठ बाहिरिएका हुन् ।

असोज २८ गतेबाट बैंकको नेतृत्व सम्हालेका श्रेष्ठ बाहिरिएपछि संचालक समितिले नायब महाप्रबन्धक अर्जुन थापालाई निमित्त सिइओको जिम्मेवारी सुम्पेका छन् ।

तात्कालीन ग्रिनलेज (अहिलेको स्ट्यान्डर्ड चार्टर्ड) बैंकबाट सन् १९८९ मा बैंकिङ करियर सुरु गरेका श्रेष्ठ ग्लोबल आइएमइ बैंकको नायब प्रमुख कार्यकारी अधिकृतबाट राजीनामा दिएर माछापुच्छ्रे बैंक गएका थिए। उनी २०७१ सालको भदौमा एनआइसी एसिया बैंकको महाप्रबन्धक छोडेर ग्लोबल आइएमइ गएका थिए।

करियरको सुरुवातमा १३ बर्ष ग्रिनलेजमा काम गरेका श्रेष्ठले त्यसपछि तात्कालीन एस फाइनान्सको व्यवस्थापन प्रमुखको जिम्मेवारी सम्हालेका थिए। एनआइसी र एनआइसी एसियामा सेकेन्ड म्यानको रुपमा नौ बर्ष बिताएका थिए। ग्लोबल आईएमइ जानु अघि उनी एनआइसी एसिया बैंकमा बिजेनेश बैंकिङ हेर्ने गरि महाप्रबन्धक थिए।
Facebook Comments

सम्बन्धित समाचार