• होमपेज
  • समाचार
  • आइएमई जनरल इन्स्योरेन्स सुर्खेतमा

आइएमई जनरल इन्स्योरेन्स सुर्खेतमा

  • शुक्रबार, फाल्गुन ४, २०७४
आइएमई जनरल इन्स्योरेन्स सुर्खेतमा

 

आइएमई जनरल इन्स्योरेन्स लिमिटेडले आफ्नो सेवालाई विस्तार गर्दै देशको कुना कुनासम्म पु¥याउने उद्देश्यले सुर्खेतमा थप १ शाखा कार्यालयबाट सेवा विस्तार गरेको छ । शाखाको उद्घाटन कम्पनीका संचालक योगेन्द्र राई तथा प्रमुख कार्यकारी अधिकृत युगेशभक्त बादे श्रेष्ठले संयुक्त रुपमा गरेका छन् ।

उक्त कार्यक्रममा स्थानिय उद्योगी, व्यापारीहरु लयागत विभिन्न बैंक, वित्तीय संस्था तथा विभिन्न संघ संस्थाका प्रमुख तथा प्रतिनिधीहरु सरकारी तथा ग्रह्रसरकारी संस्थाका प्रतिनिधीहरु, सहकारी संस्थाका प्रमुखहरु तथा सर्वसाधारणहरुको उपस्थिति रहेको थियो ।

कार्यक्रममा सञ्चालक राईले देशको विभिन्न भागका जनताहरुलाई घरदैलोमानै सेवा प्रदान गर्ने उद्देश्यका साथ कम्पनीले शाखा सञ्जाल विस्तार गरेको जानकारी गराए । त्यसैगरी स्थानिय उद्योगी व्यपारी लगायत बैंक तथा वित्तीय संस्थाका प्रतिनिधिहरुलाई आाइएमई जनरल इन्स्योरेन्ससंग आफनो व्यावसाय तथा सम्पत्तीको बीमा गराएर उच्चकोटीको सेवा लिन आग्रह गरे ।

कार्यक्रममा कम्पनीका प्रमुख कार्यकारी अधिकृत युगेशभक्त बादे श्रेष्ठले बीमा क्षेत्रमा आफ्नो छटृै पहिचान स्थापित गर्ने उद्देश्यका साथ कम्पनी अगाडी बढी रहेको हुनाले आफनो सम्पत्तीको पूरा मूल्यमा बीमा गराई ढुक्कसंग व्यवसाय संचालन गर्न उपस्थित सबैलाई आग्रह गरेका छन् ।

कम्पनीले देशभरीनै शाखा सञ्जाल विस्तार गरी ग्राहक महानुभावहरुलाई सरल, छिटो तथा विश्वसनिय सेवा प्रदान गर्ने जानकारी गराए । कम्पनीले २८ वटा शाखा, ४ वटा उपशाखा कार्यालय तथा १० वटा सेवा काउण्टरहरु र प्रधान कार्यालय सहित ४२ स्थानबाट सेवाग्राहीहरुलाई उच्च कोटीको सेवा प्रदान गर्नेे जानकारी दिँदै निकट भविष्यमानै थप १२ शाखा तथा उपशाखा कार्यालयहरु खोलेर ५४ स्थानबाट सेवा प्रदान गर्दै आफनो शाखा सञ्जाललाई देशको विभिन्न भागमा विस्तार गर्दै चुस्त सेवा प्रदान गर्ने बताए ।

Facebook Comments

सम्बन्धित समाचार