• होमपेज
  • अर्थ/वाणिज्य
  • अनिल शाह नविल बैंकको डेपुटी सीईओ

अनिल शाह नविल बैंकको डेपुटी सीईओ

  • शुक्रबार, फाल्गुन ४, २०७४
अनिल शाह नविल बैंकको डेपुटी सीईओ

 

नबिल बैंक लिमिटेडको सञ्चालक समितिले अनिल केशरी शाहलाई कामु प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको छ । शाहलाई गत पुस १३ गते प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको बैंकले राष्ट्र बैंकको नीतिका कारण नियुक्ति खारेज गरेको थियो ।

नेपाल राष्ट्र बैंकले, बैंक तथा बित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृतलाई एक संस्था छोडेको ६ महिना नपुगेसम्म अर्को संस्थामा जान नपाउने व्यवस्था गरेअनुरुप शाहले जेठ २२ गतेसम्म अन्य बैंक तथा वित्तीय संस्थाको प्रमुख कार्यकारी अधिकृत भएर जान नपाउने भएपनि नविल बैंकले डेपुटी सीईओको रुपमा शाहलाई भित्र्याएको हो ।

नबिल बैंकका वर्तमान प्रमुख कार्यकारी अधिकृत शशीन जोशिले राजिनामा दिएसकेका छन् । उनी औपचारिक रुपमा शनिबार (फागुन ५ गते)देखि नविल बैंकबाट विदा हुनेछन् ।

नविलले नियुक्त गर्नुअघि शाहलाई सेञ्चुरी कमर्सियल बैंकले नियुक्त गरेको थियो । पुस तेस्रो साताबाट नै सेञ्चुरी बैंकमा प्रमुख कार्यकारीको कार्यभार सम्हाल्ने तयारीमा रहेका शाहलाई नविलले फागुन ५ गतेदेखि नै कार्यभार सम्हाल्ने गरी नियुक्त गरेको थियो । मेगा बैंकमा दुई कार्यकाल विताएका शाह त्यसअघि नविल बैंकमै थिए । अनिल केशरी शाहको करिअरको सुरुवात नै नविल बैंकबाट भएको थियो ।

Facebook Comments

सम्बन्धित समाचार