• होमपेज
  • फिचर
  • ढुंगानाको ‘लुट धन्दा’मा अंकुश

ढुंगानाको ‘लुट धन्दा’मा अंकुश

  • शुक्रबार, फाल्गुन ४, २०७४
ढुंगानाको ‘लुट धन्दा’मा अंकुश

 

नेपाल बंगलादेश बैंक लिमिटेड भित्र अहिले जनताको पैसामा फुपूको श्राद्ध भएको छ । एनबी बैंकका सदावहादर सिइओ ज्ञानेन्द्र ढुंगानाको ‘लुटतन्त्र’लाई अंकुश लगाउन बंगलादेशबाट डिपुटी सिइओ Zabid abal ल्याई नियुक्त गरिएको छ । दोस्रो मेन बंगलादेशबाट ल्याएर बैंकमा डिपुटी सिइओ बनाएपछि ढुंगानाको लुट धन्दामा केही हदसम्म अंकुश गरिए पनि अझै रोकिएको भने छैन ।

नेपाल बंगलादेश बैंकका अध्यक्ष JALAL AHMED को सक्रियतामा डिपुटी सिइओ बंगलादेशबाट ल्याई राष्ट्र बैंकबाट स्वीकृत लिइ बैंकमा राखिएको हो ।

बंगालीको ५१ प्रतिशत शेयर भएको एनबी बैंकमा अहिले जीत र लक्ष्मी बहादुर श्रेष्ठको मात्रै ४ प्रतिशत शेयर छ । जीत र लइमी बहादुर श्रेष्ठको खुट्टा समातेर एनसीसी बैंक हुँदै एनबी बैंकमा सिइओ बन्न पुगेका ढुंगानाले चोरबाटोबाट ल्द्य ग्रुपको शेयर कौडीको मूल्यमा बिक्री गरेपछि सो समूह सडकमा पुगेको हो ।

अनिल शाहको २ कार्यकाललाई अंकुश लगाउँदै मेगा बैंकबाट हटाइए पनि ढुंगाना तेस्रो कार्यकालका लागि एनबी बैंकमा सिइओ बने । उनी बिरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोग र राष्ट्र बैंकमा दर्जनौं उजुरी परेका छन् । उनीलाई भने नयाँ वाफियाले छोएन । त्यस बिरुद्ध राष्ट्र बैंकमा उजुरी परेको छ ।

राष्ट्र बैंकका काँग्रेसी गभर्नर डा.चिरजिवी नेपाल उनीकै मतियार ज्ञानेन्द्र ढुंगानालाई कारवाही गर्न तिर होइन बचाउँन तिर लागेको एक डिपुटी गभर्नरले नाम नलेख्ने शर्तमा राजतिलक साप्ताहिकलाई टेलिफोनमा बताए ।

उनीले थपेः– उजुरी परेका छन् । अख्तियारले सबै फाइल मागेको छ । कारवाहीका कुरा राष्ट्र बैंक बोर्डमा उठेको पनि छ । तर गभर्नर डा. नेपाल ढुंगाना बिरुद्ध कारवाही गर्न नै चाहँदैनन् ।’
राष्ट्र बैंक र अख्तियारमा लगानीकर्ता र सञ्चालकहरुबाटै दर्जनौं उजुरी पुगेपछि बैंकका वंगाली अध्यक्ष JALAL AHMED ले (दोस्रो मेन) डिपुुटी सिइओ बंगदलादेशबाट ल्याएर नियुक्त गरेको एक बैंक सञ्चालकले राजतिलक साप्ताहिकलाई बताए

सिइओ ढुंगाना अर्बपति ?

करिब ८ वर्ष अगाडि एनबी बैंक समाल्न पुगेका काँग्रेसी कार्यकर्ता ज्ञानेन्द्र ढुंगानाको अहिले २ करोडको गाडी, १० करोडको घर र करोडौका जग्गा, शेयर रहेको छ । करिब ६ लाख ५० हजार मासिक तलब लिने ढुंगानाको यत्रो सम्पत्ति कहाँबाट आयो । यसको उत्तर अब राष्ट्र बैंकका काँग्रेसी गभर्नर डा.चिरञ्निजवि नेपालले दिनु पर्दछ कि पर्दैन? यो खोजीको विषय अब बन्नै पर्दछ ।

कर्जा दिँदा कमिशन, कर्मचारी नियुक्ति गर्दा नोट, अफिस भाडामा लिँदा कमिशन, विज्ञापनमा कमिशन, अफिसको गाडी खरिद र शाखा भाडामा लिँदाका कमिशनले आज ढुंगाना रातारात अर्बपति बनेका छन् । उनी अष्ट्रेलियाका ग्रीनकार्ड होल्डर बैंकर समेत हुन् । सबै सम्पत्ति विदेशमा लुकाएको स्रोतको दाबी छ । यस बारेमा सम्पत्ति अनुसन्धान सुद्धिकरण विभागमा उजुरी समेत परेको छ ।

किन हुँदैन छनवीन ?

एनबी बैंकका सिइओ ढुंगाना बिरुद्ध अख्तियारमा सयौं उजुरी परेका छन् । जीतबहादुर र लक्ष्मीबहादुर श्रेष्ठ, लगानीकर्ता र सञ्चालकहरुले नै उजुरी दर्ता गरेको फेला परेको छ । तर, उनी बिरुद्ध किन कारवाही भएको छैन । कथा मिठो छ । राष्ट्र बैंकका पूर्व कर्मचारी एवं काँग्रेसी कार्यकर्ता ढुंगानाका ससुरा अख्तियारका पूर्व प्रमुख आयुक्त सूर्यनाथ उपाध्याय हुन् । यी दुवैको आडमा ढुंगानालाई कारवाही नभएको एक सञ्चालकले राजतिलक साप्ताहिकलाई बताए ।

किन खण्डन गर्दैनन् ढुंगाना समाचार ?

राजतिलक साप्ताहिकले ढुंगानाले एनबी बैंकमा गरेको सयौं बदमासीलाई पटक पटक समाचार बनाए पनि उनी खण्डन गर्न किन सक्दैनन् । यो सबैको चासोको विषय बनेको छ । प्रेस काउन्सिल नेपाललाई समाचार गलत हो भनी पठाएका ढुंगानाले पत्रिकालाई खण्डन पठाएनन् ।

यदि समाचार सत्य होइन भने किन खण्डन पठाउँदैनन् ? एक सञ्चालकले राजतिलक साप्ताहिकसँग भनेः– बैंकमा ढुंगाना राज चलेको छ । उनी ५ सय देखि ५ अर्ब रुपैयाँ सम्मका सबै कागजमा आँफै सही गर्दछन् । त्यसको कारण हो कमिशन । हामीले उनीका दर्जनौं कर्तुत र तेस्रो सिइओ कार्यकाल थप बारेमा राष्ट्र बैंक र अख्तियारमा उजुरी दिएका छौं । केही सञ्चालकहरुले सम्पत्ति सुद्धिकरण अनुसन्धान विभागमा उजुरी दिएका छन् ।’

कसले बनायो ढुंगानालाई नेपाल बैंकर संघको अध्यक्षको सभापति ?

मेगा बैंकका सिइओ अनिल शाहले नेपाल बैंकंर संघको अध्यक्ष पदबाट राजीनामा दिएपछि ढुंगाना समापति भएका छन् । भन्दा ठिक जस्तै देखिन्छ तर यो सत्य होइन । केही दिनमा अनिल शाह नविल बैंकको सिइओ भएर जाँदै थिए । उनीको पद अध्यक्ष जाने थिएन तर ढुंगानाले गर्भनर डा. नेपाललाई भेटी ६ महिनाको बैंक छाडेको समयपछि मात्रै अन्य बैंक जान पाउने निर्देशन रातारात ल्याएका थिए ।

गर्भनर डा.नेपालकै कारण नेपाल बैंकर संघमा पुगेका विवादास्पद सिइओ ढुंगानालाई राष्ट्र बैंकको निर्देशन विपरित बैंक संचालक समितिले लाखौं खर्च गरी बधाइको विज्ञापन छापेको भेटिएको छ ।
स्मरण रहोस्, ढुंगानाका फाइल अख्तियार र राष्ट्र बैंकबाट छानबीन भए उनीको सिइओ पद र अध्यक्ष पद दुवै जाने पक्का देखिन्छ । राजतिलक साप्ताहिक

Facebook Comments

सम्बन्धित समाचार

गरिमा विकास बैंक लिमिटेड र टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट बीच सम्झौता
गरिमा विकास बैंक लिमिटेड र टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट बीच सम्झौता
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने

चर्चामा