• होमपेज
  • अर्थ/वाणिज्य
  • ज्योति विकास बैंकको कमाई ६७ प्रतिशतले बढ्यो

ज्योति विकास बैंकको कमाई ६७ प्रतिशतले बढ्यो

  • सोमवार, माघ २२, २०७४
ज्योति विकास बैंकको कमाई ६७ प्रतिशतले बढ्यो

 

ज्योती विकास बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा १३ करोड ५४ लाख रुपैँया खुद नाफा कमाएको छ । गत आर्थिक वर्षको दोस्रो त्रैमासमा आठ करोड छ लाख रुपैँया खुद नाफा गरेको बैंकले यस पटक पाँच करोड ४७ लाख रुपैँयाले खुद नाफा बढाएको हो । समिक्षा अवधिमा बैंकको नाफा ६७.८६ प्रतिशतले वृद्धि भएको हो ।

गत बर्षको तुलनामा बैंकले निक्षेप संकलन तथा कर्जा प्रवाहमा उल्लेख्य सुधार गरेको प्रतिवेदन सार्वजनिक गरेको छ । बैंकले नौं अर्ब १२ करोड ९० लाख रुपैँया निक्षेप संकलन गरि आठ अर्ब एक करोड ७६ लाख कर्जा परिचालन गरेको छ । बैंकले निक्षेप संकलन २६.३४ प्रतिशत र कर्जा परिचालनमा ४६.१६ प्रतिशतले फड्को मारेको हो ।

बैंकले छ महिना अवधिमा ४१ करोड ५० लाख रुपैँया व्याज आम्दानी तथा १४ करोड ८२ लाख रुपैँया सञ्चालन आम्दानी गरेको छ । गत बर्ष यो रकम क्रमश ३३ करोड ३६ लाख र ९ करोड ३५ लाख रुपैँया रहेको थियो ।यसरी बैंकले व्यवशाय बिस्तार राम्रो गर्दा व्याज आम्दानीमा भएको बढोत्तरीले खुद नाफा पनि बढेको हो ।

गत आर्थिक वर्षमा ९२ करोड ३४ लाख रुपैँया चुक्ता पूँजी रहेको बैंकले यस पटक चुक्ता पूँजी एक अर्ब १० करोड १९ लाख रुपैंया पुर्याएको छ । बैंकको जगेडाकोष समिक्षा अवधिमा ७३.९२ प्रतिशतले बढेर २८ करोड २८ लाख रुपैँयाको सञ्चितिमा पुगको छ ।

समिक्षा अवधिमा बैंकको निष्कृय कर्जा अनुपात भने १.०३ बाट बढेर १.१९ प्रतिशमा पुगेको छ । प्रतिशेयर आम्दानी बार्षिक २४ रुपैँया ५८ पैसा पुगेको बैंकको प्रतिशेयर नेटवर्थ १२५ रुपैँया ६७ पैसा, र मुल्य आम्दानी अनुपात ११ गुणा बढी छ । बैंकको सिडि रेसियो ७६.२६ प्रतिशत रहेको छ ।

झिमरुक विकास बैंकसँग मर्जर पुरा गरी बनेको बैंकले २९ शाखा कार्यालय, एक एक्सटेन्सन काउन्टर र १० एटिएम टर्मिनलबाट वित्तिय सेवा प्रदान गरिरहेको छ । बैंकले अरु छ वटा शाखा विस्तारको क्रम अन्तिम चरणमा पुगेको जनाएको छ ।

Facebook Comments

सम्बन्धित समाचार