• होमपेज
  • समाचार
  • चिनियाँ र नेपाली उद्यमीबीच भेटवार्ता

चिनियाँ र नेपाली उद्यमीबीच भेटवार्ता

  • आइतवार, माघ २१, २०७४
चिनियाँ र नेपाली उद्यमीबीच भेटवार्ता

 

नेपाल उद्योग वाणिज्य महासंघ र चीनबाट व्यावसायिक वार्ताका लागि नेपाल आएका प्रतिनिधिमण्डबीच आज भेटवार्ता भएको छ ।

महासंघ सचिवालयमा आज भएको भेटवार्तामा दुवै देशका निजी क्षेत्रबीचमा आपसी सम्बन्धलाई विकास गर्ने र नेपालमा लगानी गर्न चाहने चिनियाँ व्यवसायीलाई सहजीकरण गर्ने विषयमा छलफल भएको उद्योग वाणिज्य महासंघले जनाएको छ ।

ग्वाङ्गजाओका लागि नेपाली महावाणिज्यदूत रवि भट्टराईको समन्वयमा चीनबाट व्यावसायिक भेटवार्ताका लागि आएको छ सदस्यीय प्रतिनिधिमण्डललाई महासंघका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छाले स्वागत गर्नुभएको थियो ।

सो अवसरमा वरिष्ठ उपाध्यक्ष गोल्छाले नेपालमा रहेका सम्भावनाको खोजी गरी सहकार्यको हात अगाडि बढाउन नेपाल आएका चिनियाँ प्रतिनिधिमण्डललाई नेपालको लगानीका क्षेत्रका बारेमा जानकारी गराउनुभयो ।

उहाँले नेपाल र चीनका लगानीकर्ता, रियल स्टेट डेभलपर्स, कृषि व्यवसायी, सौर्य ऊर्जा एवं पूर्वाधार निर्माणसँग सम्बन्धित व्यवसायीको भेटवार्ताले सकरात्मक कार्यको थालनी हुनुका साथै यसले दुवै देशलाई व्यावसायिकरूपमा अझ बढी प्रगाढ बनाउने विश्वास रहेको बताउनुभयो ।

सो अवसरमा महावाणिज्यदूत रवि भट्टराईले नेपाल लगानीका लागि उत्तम देश भएको र यहाँ लगानी गर्नेले सफलता हासिल गर्नसक्ने तथा नेपाली पनि चीनमा आफ्नो व्यापार÷व्यवसाय विस्तार गर्न इच्छुक रहेकोसमेत जानकारी गराउनुभएको थियो ।

उक्त भेटवार्तामा चिनियाँ प्रतिनिधिमण्डलका व्यवसायीले निकट भविष्यमा अन्य क्षेत्रमा पनि आफूहरू लगानी गर्न इच्छुक रहेको धारणा चिनियाँ व्यावसायिक प्रतिनिधिमण्डलले व्यक्त गरेको महासंघले जनाएको छ ।

Facebook Comments

सम्बन्धित समाचार

पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि