• होमपेज
  • समाचार
  • महाराजगञ्जमा एनसीसी बैंक

महाराजगञ्जमा एनसीसी बैंक

  • बिहिबार, माघ १८, २०७४
महाराजगञ्जमा एनसीसी बैंक

 

नेपाल राष्ट्र बैंक, बैंक तथा वित्तीय संस्था नियमन विभागका कार्यकारी निर्देशक नारायण प्रसाद पौडेलले काठमाण्डौं महानगरपालिका, वडा नं. ३, महाराजगञ्जमा नेपाल क्रेडिट एण्ड कमर्स बैंक लिमिटेड (एनसीसी बैंक) शाखाको उद्घाटन गरेका छन् ।

महाराजगञ्ज शाखाको उद्घाटन गर्दै नारायण प्रसाद पौडेलले सुगम क्षेत्रमा मात्र बैंकहरु सिमित नभई नेपाल सरकार र नेपाल राष्ट्र बैंकले तोकेका ग्रामिण क्षेत्रमा रहेका स्थानिय निकायहरुमा शाखा खोलि दु्रत सेवा उपलव्ध गराउन बढी अग्रसर हुनुपर्ने आवश्यकता औंल्याए ।

साथै बिजुली, ईण्टरनेट आदि नपुगेका दुर दराजका ग्रामिण भेगमा स्थानीय निकायहरुसंग सहकार्य गरी सो क्षेत्रहरुमा पनि यथाशिघ्र वित्तीय पहुँच पुर्याउन निर्देशन दिए ।

बैंकका प्रमुख कार्यकारी अधिकृत रमेश राज अर्यालले महाराजगञ्ज क्षेत्रको बचत सोही क्षेत्रमा परिचालन गरी यहाँ अवस्थित उद्योग, व्यापार र व्यवसाय प्रबद्र्धनमा बैंक सहायक हुने कुरा आश्वस्त गराउँदै बैंकले छिटैनै नेपाल राष्ट्र बैंकले तोकेका १६ वटा ग्रामीण स्थानिय निकायहरुमा शाखा विस्तार गर्न लागेको जानकारी दिए ।

Facebook Comments

सम्बन्धित समाचार