• होमपेज
  • समाचार
  • ग्लोबल आईएमईको बदलिदो वित्तिय अवस्था

ग्लोबल आईएमईको बदलिदो वित्तिय अवस्था

  • सोमवार, माघ १५, २०७४
ग्लोबल आईएमईको बदलिदो वित्तिय अवस्था

 

ग्लोबल आईएमई बैंकले गत आर्थिक  वर्षको दोस्रो त्रैमासको तुलनामा चालु आर्थिक बर्षको दोस्रो त्रैमासमा ५ दशमलव १५ प्रतिशतले खुद नाफा बढोत्तरी गरेको वित्तीय विवरण सार्वजनिक गरेको छ ।

चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा बैंकले ९५ करोड ४२ लाख रुपैयाँ खुद नाफा कमाएको छ । जून गतवर्षको यसअवधिको तुलनामा ५ दशमलव १५प्रतिशत बढी हो । गतवर्षको सो अवधिमा बैंकले ९० करोड ६२ लाख खुद नाफा गरेको थियो ।

बैंकको सञ्चालन मुनाफामा ह्रास आएपनि खुद ब्याज आम्दानी बढेसँगै खुद मुनाफा बढेको हो । समिक्षा अवधिमा बैंकले सञ्चालन मुनाफा ५१ लाख ९० हजार रुपैयाँले घटाएको छ । गतवर्षको सो अवधिमा १ अर्ब १७ करोड ६७ लाख रुपैयाँ सञ्चालन मुनाफा गरेको बैंकले अहिले त्यस्तो मुनाफा १ अर्ब १७ करोड १५ लाखमा सीमित गरेको छ ।

त्यस्तै बैंकको खुद ब्याज आम्दानी भने यो अवधिमा ३ प्रतिशतले बढेको छ । गत वर्षको पुस मसान्तसम्ममा १ अर्ब ६७ करोड ८५ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको बैंकले हाल १ अर्ब ७२ करोड ९६ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ ।

त्यस्तै बैंकले यो अवधिमा २३ करोड ३० लाख रुपैयाँ खराब कर्जा असुल गरेको छ । निस्कृय कर्जा स्थिर राख्न सफल ग्लोबल आईएमईको प्रति शेयर आम्दानी २१ रुपैयाँ ४४ पैसा रहेको छ । त्यस्तै पिई रेसियो १४ दशमलव ६९ र नेटवर्थ १ सय ३७ रुपैयाँ ९१ पैसा रहेको छ ।

Facebook Comments

सम्बन्धित समाचार