• होमपेज
  • समाचार
  • मेगा बैंकको नाफा बृद्धि

मेगा बैंकको नाफा बृद्धि

  • आइतवार, माघ १४, २०७४
मेगा बैंकको नाफा बृद्धि

 

मेगा बैंक नेपाल लिमिटेडले दोस्रो त्रैमासिक अवधिमा मुनाफा ह्वात्तै बढाएको छ । चालु आर्थिक वर्षको पहिलो त्रैमासिक अवधिको तुलनामा दोस्रो त्रैमासिकमा मेगा बैंकले हवात्तै नाफा बढाएको छ । बैंकका अनुसार, पहिलो त्रैमासिक अवधिमा ८ करोड ११ लाख मात्र खूद मुनाफा गरेको मेगाले पौष मसान्त सम्ममा ३९ करोड ३६ लाख रुपैँया कमाएको छ, जुन ३८५ प्रतिशतको वृद्धि हो ।

दोस्रोे त्रैमासिक अवधिमा बैंकको निक्षेप ६ अर्ब १८ करोड रुपैँयाले वृद्धि भएको छ भने कूल कर्जा ५ अर्ब ४८ करोड रुपैँयाले बढेको छ । अघिल्लो त्रैमासिक अवधिमा यी दुबैमा बैंकको वृद्धि १ अर्ब भन्दा कम रहेको थियो । बैंकको निस्क्रिय कर्जा पनि घटेर १ प्रतिशत भन्दा कम रहेको छ ।

६५ प्रतिशतको हकप्रद शेयर यसै त्रैमासिक अवधिमा बाँडफाँड भएका कारण बैंकको चुक्ता पुँजीमा पनि उल्लेख्य वृद्धि भएको छ । जसले बैंकको प्रतिशेयर आम्दानी अनुपातलाई प्रतिकूल असर गरेता पनि खूद मुनाफामा भएको उल्लेख्य वृद्धिले अघिल्लो त्रयमासको ६.८८ प्रतिशतको तुलनामा यो त्रयमासमा प्रति शेयर आम्दानी १०.६४ प्रतिशत कायम भएको छ ।

सि.नं. विवरण असोज मसान्त २०७४ पौष मसान्त २०७४ वृद्घि वृद्घि प्रतिशत
१ निक्षेप 39,394 45,574 6,180 16
२ कर्जा 35,249 40,768 5,518 16
३ निश्कृय कर्जा अनुपात 1.67 0.96 -0=71_ -43_
४ पुँजीकोष अनुपात 14.51 18.52 4.01 28
५ आरओई 5.38 12.36 6.98 130
६ आरओए 0.65 1.54 0.89 137
७ प्रतिशेयर आम्दानी 6.88 10.64 3.76 55
८ खूद नाफा 81,192 393,649 312,456 385
९ चुक्ता पुँजी 4,582,313 7,376,743 2,794,430 61

रकम रु. हजारमा

Facebook Comments

सम्बन्धित समाचार

चर्चामा