• होमपेज
  • समाचार
  • सेन्चुरी बैंकको नाफा झण्डै तीन गुणा बढ्यो

सेन्चुरी बैंकको नाफा झण्डै तीन गुणा बढ्यो

  • शुक्रबार, माघ १२, २०७४
सेन्चुरी बैंकको नाफा झण्डै तीन गुणा बढ्यो

सेन्चुरी कमर्सिल बैंकले चालु आर्थिक वर्षको पुस मसान्तसम्म नौं करोड ९८ लाख १८ हजार रुपैयाँ खुद नाफा गरेको छ । बैंकले गत आर्थिक वर्षको यही अवधिमा तीन करोड ९५ लाख रुपैयाँ नाफा गरेको थियो । बैंकले यो अवधिमा ब्याज आम्दानी उल्लेख्य रुपमा बढाउँदा त्यसले नाफामा बृद्धि गराएको हो ।

सेन्चुरी बैंकले सार्वजनिक गरेको त्रैमासिक वित्तीय विवरण अनुसार यो अवधिमा बैंकले ३१ करोड ७३ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ। गत वर्षको यही अवधिमा १६ करोड ३२ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो। गत वर्षको तुलनामा खुद व्याज आम्दानी १५ करोड रुपैयाँ बढेको छ।

यस्तै यस वर्षको पहिलो ६ महिनामा बैंकको ब्याज खर्च ५६ करोड ४९ लाख रुपैयाँ छ। अघिल्लो वर्षको सोही अवधिमा ब्याज खर्च ४४ करोड ६४ लाख रुपैयाँ थियो। गत वर्षको तुलनामा ब्याज खर्च करिव १२ करोड रुपैयाँ बढेको छ ।

बैंकले यो अवधिमा २३ अर्ब ३८ करोड रुपैयाँ निक्षेप संकलन गरी १९ अर्ब ७७ करोड रुपैयाँ कर्जा परिचालन गरेको छ। बैंकले यो अवधिमा बैंकले संभाव्य जोखिमका लागि गरिएको प्रोभिजनबाट दुई करोड ८१ लाख रुपैयाँ फिर्ता गर्न सफल भएको छ। यसले पनि बैंकको नाफा बढाएको हो ।

बैंकको प्रोभिजन भने बढको छ । गत वर्षको तुलनामा प्रोभिजन झण्डै दोब्बरले बढेको हो । गत वर्ष पाँच करोड रुपैयाँ प्रोभिजन गरिएकोमा यो वर्ष १० करोड रुपैयाँ पुगेको छ। यस्तै बैंकको कर्मचारी खर्च पनि गत वर्षको तुलनामा बढेको छ। दुई अर्ब चुक्ता पुँजी भएको बैंकको खराब कर्जा अनुपात एक प्रतिशत भन्दा कम छ।

Facebook Comments

सम्बन्धित समाचार