• होमपेज
  • समाचार
  • सिद्धार्थ बैंकको ‘भाइबर बैंकिङ्ग सेवा’ सुरु

सिद्धार्थ बैंकको ‘भाइबर बैंकिङ्ग सेवा’ सुरु

  • बिहिबार, माघ ४, २०७४
सिद्धार्थ बैंकको ‘भाइबर बैंकिङ्ग सेवा’ सुरु

 

सिद्धार्थ बैंकले भाइबर बैंकिङ्ग सेवा प्रारम्भ गरेको छ । यस सेवामार्फत ग्राहकहरुले सहज रुपमा इन्टरनेटको माध्यामबाट आफ्नो मोबाइल, ल्यापटप, ट्याबलेट, कम्प्युटरलगायत अन्य विद्युतिय उपकरणबाट बैंकिङ्ग सेवाबारे जानकारी लिन सक्नेछन् ।

भाइबर बैंकिङ्ग सेवा लिन ग्राहकको मोबाइल नम्बर बैंकको सिद्धार्थ बैंक स्मार्ट मोबाइल बैंकिङ्ग सेवामा रजिस्टर गरिएको हुनुपर्नेछ । सिद्धार्थ बैंक स्मार्ट मोबाइल बैंकिङ्ग सेवामा रजिस्टर गरिएको मोबाइलका प्रयोगकर्ता ग्राहकले भाइबर बैंकिङ्गमार्फत खातामा रहेको रकम तथा स्टेटमेन्ट हेर्ने, कर्जा सुविधा , मुद्दती खातालगायत बैंकका अन्य सेवाबारे जानकारी पाउन सक्नेछन् ।

यो सेवा बैंकका ग्राहकले मात्र नभई यस बैंकमा खाता नभएका सर्वसाधारणले पनि उपयोग गर्न सक्नुहुनेछ । खाता नभएको व्यक्तिले यस सेवामार्फत बैंकका शाखा , एटिएम तथा अन्य सेवा सम्बन्धि जानकारी लिन सक्नेछन् । बैंकको यस नविनतम सेवाबाट ग्राहकहरुले अधिकतम लाभ लिनेमा बैंक विश्वस्त रहेको छ ।

Facebook Comments

सम्बन्धित समाचार