• होमपेज
  • समाचार
  • सिटिजन्सद्वारा कम्बल वितरण

सिटिजन्सद्वारा कम्बल वितरण

  • शुक्रबार, माघ ५, २०७४
सिटिजन्सद्वारा कम्बल वितरण

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले चिसोका कारण जनजिवन प्रभावित हुदेै गएपछी महोत्तरी जिल्लाको गौशाला र औरही नगरपालिकामा वसोवास गर्ने मुसहर जातीका विपन्न निसहाय व्यक्तिहरुलाई कम्बल वितरण गरेको छ ।
तराईका जिल्लाहरुमा शितलहरको मारमा परेकाहरुलाई सामाजिक उतरदायित्व कार्यक्रम अन्तर्गत महोत्तरीको गौशाला र औरहीमा कम्बल वितरण गरिएको छ ।

जिल्लाका उच्चपदस्थ सरकारी कर्मचारी, उद्योगी, व्यापारी, विभिन्न संघ संस्थाका प्रमुख तथा नागरिक समाजका अगुवाहरुको बाक्लो उपस्थितिमा गौशाला नगरपालिकामा २२४ थान र औरही नगरपालिकामा २०२ थान गरी जम्मा ४२६ थान कम्बल वितरण गरिएको छ ।

गौशाला र औरही नगरपालिकामा बसोबास गर्ने (मुसहर, असक्त, असहाय, एकल महिला, साधु–सन्त) हरुलाई बैंकको संचालक समितिको सदस्य डा चन्दा कार्कीले हस्तान्तरण गरेका थिए ।

सो समारोहमा बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत रामधन श्रेष्ठ, गौशाला नगरपालिकामा वडा नं ५ का प्रमुख धर्बेन्द्र साह, वडा नं ४ का वडा प्रमुख रामबाबु साह र औरही नगरपालिका वडा नं १ का प्रमुख राज किशोर चौधरी र वडा नं २ का प्रमुख बिनोद पजियारको उपस्थिति रहेको थियो ।

कसैको आँखा न पुगेको मुसहर बस्तीमा बैंकले कम्बल वितरण गर्दा त्यहाँका स्थानीय बासिन्दाहरुले खुशियाली व्यक्त गरेका छन् । बैंकले देखाएको यस अग्रसरताले अत्यन्तै पिछडिएको मानिने मुसहर बस्तीमा न्यानोपन ल्याउन कोशेढुंगा साबित हुने कुरा बैंकका नायव प्रमुख कार्यकारी अधिकृत तथा प्रवक्ता गणेश राज पोखरेलले जानकारी गराए ।

Facebook Comments

सम्बन्धित समाचार