सन्राइज बैंक लिमिटेडले बैंकिङ्ग सेवा नपुगेका देशका विभिन्न स्थानहरुमा बैंकिङ्ग सेवा पु¥याउँदै जाने उद्धेश्यका साथ आफ्नो १९ औँ शाखारहित बैंकिङ्ग सेवा मकवानपुर जिल्लाको ईन्द्रसरोवर गाँउपालिका–३, सिस्नेरीमा शुरू गरेको छ ।
उक्त शाखारहित बैंकिङ्ग सेवाको उद्घाटन ईन्द्रसरोवर गाँउपालिका अध्यक्ष जीवन लामाले एक समारोहका बीच गर्नुभयो । सो अवसरमा शाखारहित बैंकिङ्ग सेवाको एजेन्ट÷प्रतिनिधि लव कुमार बास्ताकोटीलाई पोइन्ट अफ सेल मेसिन जीवन लामा र बैंकको फर्पिङ्ग शाखाका प्रबन्धक गोेबिन्द महर्जनले संयुक्त रुपमा हस्तान्तरण गर्नुभयो ।
साथै बैंकको फर्पिङ्ग शाखाका प्रवन्धक गोबिन्द महर्जनले शाखारहित बैंकिङ्ग सेवा प्रदान गर्नुको उद्घेश्य प्रष्ट पार्नुभएको थियो । उक्त पोइन्ट अफ सेल मेसिनको माध्यमबाट बचत तथा भुक्तानीका लागि शाखा कार्यालय नभएको ठाँउबाट समेत शाखारहित बैंकिङ्ग सेवा अन्तर्गत एटिएम कार्ड मार्फत कारोबार गर्न सकिने बैंकले जनाएको छ ।