• होमपेज
  • समाचार
  • मल्ल होटलमा क्यासिनो सञ्चालन गर्न दिन अन्तरिम आदेश

मल्ल होटलमा क्यासिनो सञ्चालन गर्न दिन अन्तरिम आदेश

  • सोमवार, पुस २४, २०७४
मल्ल होटलमा क्यासिनो सञ्चालन गर्न दिन अन्तरिम आदेश

बेल्लिज नेपाल प्रालिलाई मल्ल होटलमा क्यासिनो सञ्चालन गर्न दिन सर्वाेच्च अदालतले अन्तरिम आदेश दिएको छ ।

न्यायाधीश दीपकराज जोशीको एकल इजलासले आइतबार बेल्लिज नेपाल प्रालिलाई मल्ल होटलमा क्यासिनो सञ्चालन गर्न दिन अन्तरिम आदेश जारी गरेको हो । आदेशमा भनिएको छ, ‘बेल्जिल प्रालिले कानुनबमोजिम मल्ल होटलसँग सम्झौता गरेबमोजिम रकम भुक्तान गरेको देखिँदा र क्यासिनो सञ्चालन गर्दा कानुनबमोजिम रिट गरेको हुँदा हाललाई रोक लगाउने गरी कुनै कार्य नगर्न नगराउन’ भनिएको छ ।

क्यासिनाले सम्झौताअनुसार मल्ल होटललाई बक्यौता रकम नतिरेको उल्लेख गर्दै पर्यटन विभागले क्यासिनो सञ्चालन पूर्वस्वीकृति सम्बन्धी प्रक्रिया अघि बढाउन नमिल्ने पत्र पठाएको थियो । सोही पत्रविरुद्ध बेल्लिज प्रालिबाट ज्ञानेन्द्र श्रेष्ठ सर्वोच्च अदालतमा मुद्दा दायर गर्नुभएको थियो ।

आदेशमा पर्यटन विभागको पत्र पेशा व्यवसाय गर्न पाउने हकलाई प्रभाव पारेको र क्यासिनो नियमावली विपरित उल्लेख छ ।

Facebook Comments

सम्बन्धित समाचार

नबिल बैंकले ३ अर्बको ऋणपत्र निष्काशन गर्ने, बिक्री प्रबन्धकमा नेपाल एसविआई मर्चेण्ट नियुक्त
नबिल बैंकले ३ अर्बको ऋणपत्र निष्काशन गर्ने, बिक्री प्रबन्धकमा नेपाल एसविआई मर्चेण्ट नियुक्त
गरिमा विकास बैंक लिमिटेड र टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट बीच सम्झौता
गरिमा विकास बैंक लिमिटेड र टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट बीच सम्झौता
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण

चर्चामा