• होमपेज
  • समाचार
  • सामुदायिक वनले युवाहरुलाई स्वरोजगार बनाउँदै

सामुदायिक वनले युवाहरुलाई स्वरोजगार बनाउँदै

  • बिहिबार, कार्तिक २३, २०७४
सामुदायिक वनले युवाहरुलाई स्वरोजगार बनाउँदै

सन्तकुमार चौधरी,

चितवन, कार्तिक २३–

शिक्षित युवाहरुलाई लक्षित गरेर चितवनको सौराहामा ३ महिने निःशुल्क कुक तथा वेटर तालिम सुरु भएको छ । चितवनको रत्ननगरस्थित बाघमारा मध्यवर्ती सामुदायिक वन उपभोक्ता समूहले आफ्ना उपभोक्तालाई स्वरोजगार बनाउने उद्देश्यले तालिम आयोजना गरेको हो । नेपाल सरकार र एशियाली विकास बैंकको अनुदान सम्झौता अनुसार सामुदायिक वनले आफ्नो कार्यक्षेत्रका पढेलेखेका युवाहरुलाई प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम स्वरुप निशुल्क कुक तथा वेटर तालिमको आयोजना गरेको हो ।

सामुदायिक वनको आफ्नै सभा हलमा तालिम कार्तिक २३ गतेदेखि सुरु गरेको हो । बेरोजगार युवाहरुलाई तालिमले रोजगारी दिने तालिममा सहभागीहरुको विश्वास छ । यो तालिम कुकहरुको दोस्रो तहको तालिम हो । सिटीभिटीवाट समेत मान्यता प्राप्त हुने भएकाले सीप सिक्न स्थानीय युवाहरु सक्रिय भएर जुटेका छन् । स्थानीय सुनिता थापाले तालिम पछि आफुहरु स्वरोजगार बन्ने बताउनुभयो । उहाँ आफै एकजना होटल संचालिका समेत हुनुहुन्छ । सौराहाको होटल पार्क इनकी संचालिका सुनिता थापालाई यो तालिमपछि होटल संचालनकै लागि थप कुकको आवश्यक नपर्ने बताउनुभयो ।

यो पटक कुक तालिममा एसएलसी पास देखि व्याचलर डिग्री गरेकाहरुले समेत सहभागीता जनाएका छन् । सर्टीफिकेटकै आधारमा मात्र रोजगारी पाउन समस्या भएपछि रोजगारीकै लागि भएपनि प्राविधिक ज्ञान लिन कुक तालिममा सहभागी भएको स्थानीय विना राउतले बताउनुभयो ।

सहभागीहरुलाई तालिम तथा रोजगार सेवा प्रदायक संस्था वल्र्ड लि जेसिएजी जे.भीका प्रतिनिधिहरुले प्रशिक्षण दिईरहेका छन् । तालिमले सीप विकासमा ठूलो सहयोग पुर्‍याउने प्रशिक्षक दुर्गा पौडेलले बताउनुभयो । अहिले कुक र वेटरमा बीस बीस जना प्रशिक्षार्थीहरु सहभागी छन् । यसरी सामुदायिक वनले आफ्ना उपभोक्ता लक्षित विभिन्न प्राविधिक सीप मुलक तालिमहरु दिएर स्वरोजगारको बाटो तर्फ उन्मुख गराईरहेको छ ।

सामुदायिक वनका अध्यक्ष वीपी चौधरीका अनुसार यसअघि एसएलसी दिएर बसेका विद्यार्थीलाई खालि समयमा अंग्रेजीका तयारी कक्षा, प्लम्बीङ सम्बन्धि तालिम, लेखा तालिम लगायतका दर्जनौं तालिमहरु वर्षेनी दिने गरेको छ । उहाँका अनुसार तालिम लिएकाहरु अहिले मासिक रुपमा राम्रो आम्दानी गरेर स्वरोजगार बन्न सफल भएका छन् ।

यसरी सामुदायिक वनले नेपाल सरकारलगायत विभिन्न दातृ निकायबाट प्राप्त अनुदानले मात्रै सीप विकास मुलक प्रशिक्षण दिइरहेको छैन् । सामुदायिक वनको आफ्नै वार्षिक झण्डै २ करोड आम्दानी हुने गरेको आर्थिक स्रोतले पनि आफ्ना उपभोक्ता लक्षित विभिन्न खालका जनचेतना मुलक कार्यक्रम देखि आर्यआर्जन लगायत विभिन्न सीप मुलक कार्यक्रम गर्दै आएको छ । यो सामुदायिक वन देशकै सबैभन्दा बढी आम्दानी गर्ने सामुदायिक वनको रुपमा स्थापित छ ।

Facebook Comments

सम्बन्धित समाचार