• होमपेज
  • समाचार
  • वाम गठबन्धनले लोकतन्त्र अझ बलियो हुन्छ – नेता महरा

वाम गठबन्धनले लोकतन्त्र अझ बलियो हुन्छ – नेता महरा

  • मङ्लबार, कार्तिक २१, २०७४
वाम गठबन्धनले लोकतन्त्र अझ बलियो हुन्छ – नेता महरा

नेपालगन्ज,कार्तिक २१ –

नेकपा (माओवादी केन्द्र)का नेता कृष्णबहादुर महराले चुनावी वाम गठबन्धनले लोकतन्त्रलाई अझ बलियो बनाउने बताउनुभएको छ ।

आज नेपालगन्जमा आयोजित चुनावी वाम गठबन्धन पार्टीका अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उहाँले प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनपछि वाम गठबन्धनमा रहेका दलहरुबीच पार्टी एकता हुनेमा शंका नगर्न पनि आग्रह गर्नुभयो ।

वाम गठबन्धनले चुनावमा बहुमत ल्याउने र त्यसबाट बनेको सरकार स्थिर हुनुका साथै मुलुकको राजनीतिक अन्योलको अवस्था पनि समाप्त हुने नेता महराको तर्क थियो ।

त्यस अवसरमा वाम गठबन्धन निर्वाचन मूल समितिका जिल्ला संयोजक दिनेश यादव, सहसंयोजक प्रकाश सुवेदी, नेकपा ९एमाले० केन्द्रीय सल्लाहकारद्वय देवराज भार, दलबहादुर सुनार, केन्द्रीय सदस्य गोविन्द कोइराला र बाँके जिल्लाका वाम गठबन्धनका उम्मेवारहरुले निर्वाचनमा गठबन्धनको अभूतपूर्व जित हुने दाबी गर्नुभएको थियो । – रासस

Facebook Comments

सम्बन्धित समाचार