• होमपेज
  • समाचार
  • नेपालमा पहिलोपटक सर्पदंशको औषधि उत्पादन हुने

नेपालमा पहिलोपटक सर्पदंशको औषधि उत्पादन हुने

  • सोमवार, कार्तिक २०, २०७४
नेपालमा पहिलोपटक सर्पदंशको औषधि उत्पादन हुने

काठमाडौं, कात्तिक २० –

नेपालमा पहिलोपटक सर्पदंशको औषधि उत्पादन हुने भएको छ । एन्टि स्नेक भेनम सेरुम रिसर्च एन्ड म्यानुफ्याक्चरिङ प्रालिले सर्पदंशको औषधि उत्पादन गर्ने भएको हो । ‘एन्टि स्नेक भेनम’ नामक औषधि उत्पादन गर्न लागेको संस्थाले औषधि व्यवस्था विभागमा नक्सापाससमेत गरिसकेको जनाएको छ ।

८८ करोड ६३ लाख रुपैयाँको लागतका सुनसरी जिल्लामा खोल्न लागेको उद्योग चार वर्षभित्र निर्माण सकेर औषधि उत्पादन र बिक्री थाल्ने सोमबार काठमाडौंमा गरिएको पत्रकार सम्मेलनमा जानकारी दिइयो ।उद्योगमा १५ जनाको लगानी रहेको छ । कार्यक्रममा भ्याक्सिन स्पेसलिष्ट डा जगनाथ राईले सर्पदंशको औषधि उत्पादन गर्न सर्प र घोडाको आवश्य कता पर्ने बताए ।

नेपालमा सर्पदंशको औषधि उत्पादन गर्ने दक्ष जनशक्ति पनि रहेकाले उत्पादनमा समस्या नहुने बताइएको छ । माइक्रो बायोलोजिस्ट नवराज नेपालले घोडामा सर्पको विष छिटो काट्नसक्ने क्षमता हुने र ‘एन्टी वडी’ उत्पादन गर्ने हुँदा घोडाको सहयोगबाट सर्पदंशको औषधि उत्पादन गर्ने जानकारी दिए । एउटा सर्पबाट वर्षेनि पाँचपटकसम्म विष निकाल्नसक्ने पनि सो अवसरमा जानकारी दिइयो ।

Facebook Comments

सम्बन्धित समाचार