• होमपेज
  • समाचार
  • उपप्रधानमन्त्री गच्छदारलाई पारिवारिक शोक

उपप्रधानमन्त्री गच्छदारलाई पारिवारिक शोक

  • सोमवार, कार्तिक २०, २०७४
उपप्रधानमन्त्री गच्छदारलाई पारिवारिक शोक

इटहरी, कार्तिक २०–

उपप्रधानमन्त्री तथा नेपाली काँग्रेसका नेता विजयकुमार गच्छदारलाई पारिवारिक शोक परेको छ ।

उहाँका ७८ वर्षीय दाजु दीपनारायणको आफ्नै घर दुहवी–२ पचिरामा आज मृत्यु भएको हो । प्रजातन्त्रवादी योद्धा दीपनारायण केही वर्षदेखि दम रोगबाट पीडित हुनुहुन्थ्यो । उहाँका दुई छोरा हुनुहुन्छ । स्व दीपनारायणको आजै जातीय परम्परानुसार भलुवा पचिरामा दाहसंस्कार गरिएको छ ।

उहाँको पार्थिव शरीरमा काँग्रेसको झण्डा ओढाइएको थियो । उहाँप्रति श्रद्धाञ्जलि दिन उपप्रधानमन्त्री विजयकुमारसँगै नेपाली काँग्रेसका नेता एवं समर्थकको सहभागिता थियो ।

Facebook Comments

सम्बन्धित समाचार