• होमपेज
  • समाचार
  • बाँदरमुडे घटना पिडित भन्छन्ः प्रचण्डले फेरी धोका दिए

बाँदरमुडे घटना पिडित भन्छन्ः प्रचण्डले फेरी धोका दिए

  • सोमवार, कार्तिक २०, २०७४
बाँदरमुडे घटना पिडित भन्छन्ः प्रचण्डले फेरी धोका दिए

चितवन,कार्तिक २०-

चितवनको माडी बाँदरमुडे घटनाका पिडितहरुले प्रचण्डले आफ्नो दुःखमा खेलबाड गरको बताएका छन् । बाँदरमुडे घटनाका पिडित संघर्ष समितिका अध्यक्ष मुक्तिनाथ न्यौपानेले विज्ञप्ती जारी गर्दै प्रचण्डले भेट्ने समय दिएर पनि भेट्न नआएको वताएका छन् । उनले माडीमा नै पिडितहरुसंग भेट्ने कार्यक्रम तय भएपनि अन्तिम समयमा भरतपुरमा वोलाइएको वताए । पिडितहरु प्रचण्डसंग छलफल गर्न तयार रहँदापनि व्यवस्था गरिएको भन्दै चुनावी प्रयोजनका लागी मात्रै आश्वासन वाँढिएको उनको भनाई छ । विज्ञप्तीमार्फत यस्ता खेलवाडजन्य व्यवहार नगर्न समेत चेतावनी दिइएको छ ।

विज्ञप्ती हेर्नुहोस्ः

Facebook Comments

सम्बन्धित समाचार