• होमपेज
  • समाचार
  • क्षेत्र नंं.२ का काँग्रेस उम्मेद्वारहरु भन्छन्–‘चितवनलाई बित्तिय राजधानी बनाउँछौं’

क्षेत्र नंं.२ का काँग्रेस उम्मेद्वारहरु भन्छन्–‘चितवनलाई बित्तिय राजधानी बनाउँछौं’

  • सोमवार, कार्तिक २०, २०७४
क्षेत्र नंं.२ का काँग्रेस उम्मेद्वारहरु भन्छन्–‘चितवनलाई बित्तिय राजधानी बनाउँछौं’

चितवन, कार्तिक २०–

नेपाली काँग्रेस चितवन क्षेत्र नम्बर दुई बाट प्रतिनिधि सभा तथा प्रदेश सभाका लागि उम्मेदवार बनेका उम्मेदवारहरुले चितवनलाई बित्तिय राजधानी बनाउने संकल्प गरेका छन् । नेपाली काँग्रेस चितवन क्षेत्र नम्बर २ ले आज नारायणगढमा आयोजना गरेको बृहत क्षेत्रीय चुनाब प्रचार–प्रसार कार्यक्रममा बोल्दै उनीहरुले यस्तो बताएका हुन् ।

चितवन औद्योगिक क्षेत्रका लागि उपयुक्त ठाउँ भएकाले यसलाई बित्तिय राजधानी बनाउनुपर्ने उनीहरुको भनाई छ । नारायणगढको बस्ती नहटाई सडक बिस्तार गर्ने र बित्तिय राजधानीको रुपमा विकास गर्ने बताएका थिए । प्रतिनिधि सभा एबंम् प्रदेश सभा निर्वाचन २०७४ को चितवन क्षेत्र नम्बर २ को चुनाबी प्रचार–प्रसारको कार्याक्रमको सुरुवात गर्दै उम्मेदवारहरुले नारायणढ बजार व्यवस्थापनसंगै नारायणी नदीमा नयाँ पुल, नारायणगढमा आकाशे पुलका साथै औद्योगिक बातावरण निर्माण गरि सम्बृद्ध चितवन बनाउने उनीहरुले बताएका थिए ।

कार्यक्रममा बोल्दै प्रतिनिधि सभा सदस्य चितवन क्षेत्र नम्बर २ का उम्मेदवार एवंम् शिक्षा राज्यमन्त्री शेषनाथ अधिकारीले आफू चितवनको पहाडी क्षेत्रमा जन्मिएकोले क्षेत्र नम्बर २ का लागि अर्गानिक उम्मेदवार आफै भएको दाबि गरे । देशलाई हरेक समस्या पर्दा काँग्रेसको आबश्यकता पर्ने भन्दै अधिकारीले अहिलेको समस्या लोकतन्त्रको रक्षा रहेको बताउनु भयो । वामगठबन्धनको नेतृत्वमा देश गयो भने अहिलेको व्यवस्था अन्त्य हुने खतरा रहेको भन्दै उहाँले वामगठबन्धन भनेको एकदलिय खतराको संज्ञा दिनुभयो ।

संबिधान संभा २०६४ मा बाम राजनैतिक शक्तिहरुले संबिधान दिन नसकेको उदाहारण दिदै विकास र सम्बृद्धिका लागि लोकतान्त्रीक गठबन्धनलाई नै भोट हाल्नु पर्ने उहाँको जिकिर थियो । देश बिकास देखि हरेक समयमा काँग्रेसको नेतृत्व नै आवश्यक भएको बताउँदै मन्त्री अधिकारीले जनताको सार्बभौम अधिकार स्थापित गर्दै देशलाई सम्वृद्धिमा लैजानका लागि काँग्रेसको नेतृत्व आबश्यक रहेको उहाँले बताउनु भयो । शिक्षा र स्वास्थ्य सामान्य नागरिकको पहुँचमा ल्याउन काँग्रेसले गरेको योगदानको कदर गर्ने समय आएको अधिकारीको भनाई छ ।

यस्तै सोही कार्यक्रममा चितवन क्षेत्र नम्बर २ (क) का प्रदेश सभाका उम्मेदवार एवंम् नेपाली काँग्रेस चितवनका सभापति जितनारायण श्रेष्ठले राजनीति सधै अंकगणित जस्तो नहुने बताउनु भयो । उहाँले भन्नुभयो “राजनीतिमा दुई र दुई चार नभई डेढ हुन सक्छ । चितवनमा अहिले त्यस्तै हुन्छ ।” चितवनका काँग्रेसीहरुलाई हतोत्साही नबन्न आग्रह गर्दै श्रेष्ठले विकास र सम्वृद्धिको मुद्धाका लागि चितवनका सचेत मतदाताले नेपाली काँग्रेसलाई मतदान गर्ने बताउनु भयो ।

चितवन क्षेत्र नम्बर २ (ख) का प्रदेश सभाका उम्मेदवार प्रकाश अधिकारीले यो निर्वाचन लोकतन्त्रले जित्ने या हार्ने भन्ने लडाई भएकाले सात दशकदेखि लोकतन्त्रका लागि लड्दै आएका चितवनका नागरिकले लोकतान्त्रिक गठबन्धनलाई विजयी गराउने विश्वास व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो “शहिदको बलिदानले प्राप्त लोकतान्त्रिक गणतन्त्र परिवर्तन गर्दै अधिनायकबादका लागि वामगठबन्धन निर्माण भएकाले सहिदको सपना साकार पार्नका लागि लोकतान्त्रिक गठबन्धनलाई मत दिनुपर्ने बताउनु भयो ।”

कार्यक्रममा नेपाली काँग्रेस चितवनका कार्यबहाक सभापति कैलाश कोईरालाले काँग्रेस बिना देश मियो बिनाको दाई हुने बताउनुभयो । उहाँले काँग्रेसले सुरु गरेको लोकतन्त्रमा खेल्न आएका वामगठबन्धनलाई चितवनबासीले सवक सिकाएर पठाउने विश्वास व्यक्त गर्नुभयो ।

सो अबसरमा पूर्व सांसद रामकृष्ण घिमिरे, जगन्नाथ पौडेल, नेपाली काँग्रेस जिल्ला सचिब उत्तम जोशी, महिला संघ जिल्ला अध्यक्ष पार्वती शाह, टंकनाथ पौडेल, करुणकान्त पोख्रेललगाएतले बोल्नु भएको थियो । सो कार्यक्रम नेपाली काँग्रेस चितवन क्षेत्र नम्बर २ का कार्यबाहक सभापति भरत लामिछानेको अध्यक्षतामा सम्पन्न भएको थियो ।

Facebook Comments

सम्बन्धित समाचार