• होमपेज
  • समाचार
  • देउवाको उम्मेदवारी दर्ता वारेसनामा पाएका पन्तले गराए

देउवाको उम्मेदवारी दर्ता वारेसनामा पाएका पन्तले गराए

  • बिहिबार, कार्तिक १६, २०७४
देउवाको उम्मेदवारी दर्ता वारेसनामा पाएका पन्तले गराए

काठमाडौं,कार्तिक १६ –

प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाको उमेदवारी दर्ता भएको छ । डडेल्धुरा जिल्लाबाट प्रतिनिधिसभामा उनको उमेदवारी दर्ता भएको हो ।

यता टिकट वितरणमा व्यस्त देउवाको वारेसनामा लिएर पुगेका गणेश पन्तले उमेदवारी दर्ता गराएका हुन् । उनका पूर्व स्वकीय सचिवसमेत रहेका पन्तले दिउँसो १ बजे उमेदवारी दर्ता गराएका हुन् ।

कांग्रेसले बिहीबार दिउँसोसम्म पनि केही ठाउँको उमेदवार टुंग्याउन सकेको छैन । यसअघि आफैँ उमेदवारी दर्ता गराउन जाने तयारी गरेका देउवा बिहीबारसम्म पनि टिकट वितरणमा व्यस्त हुँदा गृहजिल्ला पुग्न नसकेका हुन् ।

Facebook Comments

सम्बन्धित समाचार