• होमपेज
  • समाचार
  • बारामा चापाकलको खाल्डोमा डुबेर एक वर्षीय बालकको मृत्यु

बारामा चापाकलको खाल्डोमा डुबेर एक वर्षीय बालकको मृत्यु

  • बुधबार, कार्तिक १५, २०७४
बारामा चापाकलको खाल्डोमा डुबेर एक वर्षीय बालकको मृत्यु

बारा,कार्तिक १५ –

बारामा बुधबार बिहान खाल्डोमा डुबेर एकजना बालकको ज्यान गएको छ ।
कलैया उपमहानगरपालिका –३, का शैलेन्द्र ठाकुरका एक वर्षका छोरा गुन्जन ठाकुरको ज्यान गएको हो । घर नजिकै रहेको चापाकलको खाल्डोमा डुबेर बालकको ज्यान गएको प्रहरी नायब उपरीक्षक भुवनेश्वर साहले बताउनु भयो ।
बिहान खेल्ने क्रममा बालक खाल्डोमा जमेको पानीमा डुबेको प्रहरीले जनाएको छ । डुबेको केही बेरमै बालकको मृत्यु भएको थियो।

Facebook Comments

सम्बन्धित समाचार