• होमपेज
  • समाचार
  • झापामा हात्तीको आक्रमणबाट एक जनाको मृत्यु

झापामा हात्तीको आक्रमणबाट एक जनाको मृत्यु

  • बुधबार, कार्तिक १५, २०७४
झापामा हात्तीको आक्रमणबाट एक जनाको  मृत्यु

झापा,कार्तिक १५ –

जंगली हात्तीको आक्रमणबाट झापाको भद्रपुर नगरपालिका–१० स्थित सतार बस्तीमा एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा भद्रपुर नगरपालिका–९ निवासी अन्दाजी ३५ वर्षीय दुर्गाबहादुर कटुवाल रहेका छन् ।

उनलाई मंगलबार साँझ चाराली जंगलबाट आएका हात्ती लखेट्ने क्रममा हात्तीले आक्रमण गरेको थियो ।

सो क्रममा हात्तीले कुल्चिएर गम्भीर घाइते बनाएपछि मेची अञ्चल अस्पताल भद्रपुरमा उपचारकै क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

Facebook Comments

सम्बन्धित समाचार