• होमपेज
  • समाचार
  • अबको ५० बर्ष बामपन्थी शक्तिले नेपालमा सत्ता चलाउँछन् : योगेश भट्टराई

अबको ५० बर्ष बामपन्थी शक्तिले नेपालमा सत्ता चलाउँछन् : योगेश भट्टराई

  • बुधबार, कार्तिक १५, २०७४
अबको ५० बर्ष बामपन्थी शक्तिले नेपालमा सत्ता चलाउँछन् : योगेश भट्टराई

ताप्लेजुङ,कात्तिक १५ –

नेकपा एमालेका सचिव योगेश भट्टराईले अबको पचास वर्ष बामपन्थी शक्तिले नेपालमा सत्ता चलाउने दावी गरेका छन् । बुधबार विहान ताप्लेजुङमा संचारकर्मीहरुसँग कुरा गर्दै भट्टराईले देशभर चलिरहेको बाम गठबन्धनको चुनावी लहर र एकताको कारण प्रदेशसभा र प्रतिनिधि सभा मात्रै नभई पचार वर्षसम्मका सबै चुनाव बामपन्थीहरुले नै जितेर सत्ता चलाउने बताएका हुन् ।

वि।स।२००७ साल देखि वीचमा केही समय छोडेर अधिकांस समय कांग्रेसले सत्ता समाले पनि देशमा आर्थिक र सामाजिक क्रान्ति गर्न नसकेकाले नै विकास र समृद्धीका लागि पनि कम्यूनिष्टहरुको एकता भएको उनको भनाई छ ।

विकासको सुरुवात चुनावी एकता पछि प्रतिनिधिसभा र प्रदेश सभाको चुनावमा एमाले र माओवादी केन्द्रका सबै केन्द्रिय नेता जिल्ला जिल्लाबाट उठ्ने र केन्द्रिय पहुँचको आधारमा आफ्नै ठाउँबाट विकास सुरु गर्ने लक्ष बमोजिम आफ्नो उम्मेदवारी गृह जिल्ला ताप्लेजुङबाट दिएको समेत भट्टराईले स्पष्ट पारे ।

ताप्लेजुङलाई विकट जिल्ला भनेर देशभर चिनिए पनि आफुले यो जिल्लालाई नमुना जिल्लाको रुपमा विकास गर्ने लक्ष लिएको र सोहि अनुसारको एजेण्डा लिएर अहिले चुनावि प्रचारको लागि गाउँ गाउँमा हिडिहरको समेत उनले बताए ।

उनले जिल्लामा आफूले एमाले माओवादी केन्द्र मात्र नभई सबै राजनितिक दलका उच्च नेतासँगको सल्लाहबाट पनि प्रतिनिधि सभाको चुनावका लागि उम्मेदवारी दिएको बताए ।

Facebook Comments

सम्बन्धित समाचार