• होमपेज
  • Uncategorized
  • तिनाउ बैंकद्धारा विद्यार्थीको लागी शैक्षिक सामाग्री हस्तान्तरण

तिनाउ बैंकद्धारा विद्यार्थीको लागी शैक्षिक सामाग्री हस्तान्तरण

  • बुधबार, कार्तिक १५, २०७४
तिनाउ बैंकद्धारा विद्यार्थीको लागी शैक्षिक सामाग्री हस्तान्तरण

चितवन,कार्तिक १५ –

तिनाउ विकास बैंकले लिमिडेटले विपन्न विद्यार्थीहरुको लागी शैक्षिक सामाग्री सहयोग गरेको छ । बैकले स्थापनाकालको ११ औं बर्ष पार गरेर १२ औं बर्ष प्रवेश गरेको अवसरमा पूर्वीचितवनको खैरहनी मा वि का विपन्न विद्यार्थीहरुको लागी शैक्षिक सामाग्री सहयोग गरेको हो ।

बैंकले विद्यालयमा रहेको खैरहनी मा.वि. जन्मोत्सव तथा स्मृति छात्राबृत्ती अक्षयकोषका अध्यक्ष मुरली प्रसाद गजुरेललाई शैक्षिक सामाग्री हस्तान्तरण गरेको थियो ।तिनाउ विकास बैंक लिमिटेडको खैरहनी १ ज्यामिरेमा रहेको शाखाका प्रमुख रुद्रलाल भुषालले अक्षयकोषका अध्यक्ष गजुरेललाई करिब २० हजार रुपैयाँ बराबरको शैक्षिक सामाग्री हस्तान्तरण गरेका थिए । सो अवसरमा बोल्दै बैंकका ज्यामिरे शाखा प्रमुख भुषालले बैंकले सामाजिक उक्तरदायित्व बहन गर्दै विद्यार्थीको लागी शैक्षिक सामाग्री प्रदान गरेको बताए । उनले आगामी दिनमा समेत बैंकले आर्थिक अभावका कारण पढाइमा समस्या परेका विद्यार्थीलाई सहयोग गर्न तयार रहेको बताए ।

सहयोग हस्तान्तरण कार्यक्रममा बोल्दै विद्यालयका प्रधानाध्यापक भरत प्रसाद पोखरेलले विद्यालयमा स्थापित जन्मोत्सव तथा स्मृति छात्राबृत्ती अक्षयकोष मार्फत आर्थिक अवस्था कमजोर भएका जेहेन्दार विद्यार्थीले छात्राबृती पाएको जसले गर्दा उनीहरु शिक्षाबाट बञ्चित हुनुनपरेको बताए ।

कार्यक्रमको अध्यक्षता गरेका जन्मोत्सव तथा स्मृति छात्राबृत्ती अक्षयकोषका अध्यक्ष मुरली प्रसाद गजुरेलले अक्षयकोषमा १ करोड जम्मा गर्ने लक्ष्यकासाथ अगाडी बढेको र हालसम्म ६६ लाख रुपैयाँ जम्मा भएको बताए । त्यस्तै चालु आर्थिक बर्ष २०७४÷७५ मा ४ लाख रुपैयाँको छात्राबृक्ती प्रदान गर्ने तयारी रहेको उनले जानकारी दिए । बैकबाट प्राप्त शैक्षिक सामाग्रीलाई विद्यालयमा अध्ययनरत अति विपन्न र जेहेन्दार विद्यार्थीहरुलाई बितरण गरिने उनले बताए ।

Facebook Comments

सम्बन्धित समाचार

निको बाल अस्पताल भरतपुरमा कुमारी बैंकका ग्राहकलाई १५ प्रतिशत छुट
निको बाल अस्पताल भरतपुरमा कुमारी बैंकका ग्राहकलाई १५ प्रतिशत छुट
नबिल बैंकले ३ अर्बको ऋणपत्र निष्काशन गर्ने, बिक्री प्रबन्धकमा नेपाल एसविआई मर्चेण्ट नियुक्त
नबिल बैंकले ३ अर्बको ऋणपत्र निष्काशन गर्ने, बिक्री प्रबन्धकमा नेपाल एसविआई मर्चेण्ट नियुक्त
गरिमा विकास बैंक लिमिटेड र टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट बीच सम्झौता
गरिमा विकास बैंक लिमिटेड र टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट बीच सम्झौता
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)