• होमपेज
  • समाचार
  • पत्रकार कुट्ने सईसहित ९ प्रहरीविरुद्ध मुद्दा दायर

पत्रकार कुट्ने सईसहित ९ प्रहरीविरुद्ध मुद्दा दायर

  • बुधबार, कार्तिक १, २०७४
पत्रकार कुट्ने सईसहित ९ प्रहरीविरुद्ध मुद्दा दायर

अछाम,कार्तिक १

अछाममा पत्रकार कुट्ने झण्डै एक दर्जन प्रहरी विरुद्ध जिल्ला अदालतमा मुद्दा दायर भएको छ । पत्रकार यज्ञराज ढुंगानाले मंगलसेन प्रहरी चौकीका प्रहरी नायव निरीक्षक पदम बुढामगरसहित ९ जना प्रहरीविरुद्ध बुधबार जिल्ला अदालतमा मुद्दा दायर गरेका हुन् ।

पत्रकार ढुंगानाले अदालतमा प्रहरी विरुद्ध गैरकानुनी यातनासम्बन्धि मुद्दा दायर गरेको अछामका पत्रकार शिवराज खत्रीले बताए । प्रहरीविरुद्ध यातना तथा क्षतिपूर्ति ऐन २०५३ बम्मोजिम मुद्दा दायर भएको उनले जानकारी दिए ।

सदरमुकाम मंगलसेनमा भइरहेको अवैध असुलीको विरोध गर्दा प्रहरीले सोमबार राति पत्रकार ढुंगानालाई हत्कडी लगाएर निर्घात कुटपिट गरेको थियो । कुटपिटपछि घाँटीमा रहेको दुई तोला सुनको सिक्री तथा २० हजार मूल्य बराबरको घडी गायब भएको ढुंगानाले दाबी गरेका छन् ।

स्थानीय प्रशासनमा भएको वार्तामा कुटपिट गर्ने पक्षले क्षति भएको सामानको मूल्य नतिर्ने भनेपछि वार्ता विनानिष्कर्ष टुंगिएको छ । पत्रकार महासंघ अछाम शाखाका संस्थापक सदस्य तथा केन्द्रीय पार्षद ढुंगाना रेडियो अछामका सल्लाहकार सम्पादक हुन् ।

Facebook Comments

सम्बन्धित समाचार