सुनसरी, असोज ३१–
देवःविकास बैंक लिमिटेड सुनसरी र मोरङ जिल्लामा शाखा विस्तार गरेको छ । बैंकले सुनसरीको इटहरी उपमहानगरपालिका– ६, इटहरीमा शाखा कार्यालय स्थापना गरि कारोबार सुरु गरेको हो ।
बैंकले मोरङको पथरी शनिश्चरे नगरपालिका, वडा नं. १ पथरीबजार स्थित पथरी शाखा कार्यालयबाट वित्तीय कारोबार शुभारम्भ गरेको हो । ती शाखाहरुबाट वित्तीय कारोबार संचालन भएपश्चात् बैंकको सेवा देशको पूर्वी क्षेत्रमा समेत विस्तार भएको छ । क्रमशः सो क्षेत्रमा सेवा विस्तार गर्दै लगिने बैंकका प्रबन्धक नवीनमुनि बज्राचार्यले जानकारी दिए ।
बैंकले हालसम्म रु. ११ अर्व २२ करोड निक्षेप संकलन गरी रु. १० अर्व ९ करोड कर्जा प्रवाह गरेको छ ।